राज्यपालले विधानसभामा मेघालयको विकासमूलक कार्यहरूको उल्लेख गरे
राज्यपालले विधानसभामा मेघालयको विकासमूलक कार्यहरूको उल्लेख गरे


शिलंग, 16 फरवरी (हि.स.)। मेघालयका राज्यपाल सीएच विजयशंकरले सोमवार भने, मेघालय आगामी वर्ष 2032-सम्ममा आफ्नो अर्थव्यवस्थाको आकारलाई तीन गुणा बनाउने दिशामा अग्रसर भएको छ। त्यसैले विधायकहरूसित अनुरोध छ, विकासको परिणाम मजबुत सार्वजनिक सेवा, टिकाऊ पूर्वाधार तथा व्यापक रोजगार अवसरहरूमा सुनिश्चित गरियोस्।

मेघालय विधानसभाको बजट सत्रको पहिलो दिन आफ्नो उद्घाटन अभिभाषणमा राज्यपालले भने, राज्यले वास्तविक सकल राज्य घरेलु उत्पाद (जीएसडीपी)- मा 9.66 प्रतिशत वृद्धि दर्ता गरेको छ भने महामारीपछि निरन्तर विस्तारलाई कायम राखेको छ। उनले दाबी गरे, मेघालय देशको दोस्रो सबैभन्दा द्रूत गतिमा बढ़्ने राज्य हो र कोभिड-19 महामारीपछि लगातार तीन वर्षसम्म लगभग 10 प्रतिशत औसत वृद्धि दरलाई कायम राख्ने एकमात्र राज्य हो।

सीएच विजयशंकरले भने, राज्यको अर्थव्यवस्था वर्ष 2018-को 29,508 कड़ोरदेखि लगभग 59,626 कड़ोर रुपियाँ अर्थात दुई गुणा भएको छ। उनले यस वृद्धिलाई मानिसहरूको सशक्त तथा लक्षित नीतिगत उपायहरूको परिणाम बताए।

उनले भने, सरकारको 'भिजन 2032' रोडम्याप अन्तर्गत मेघालय एक्सिलेन्स फ्रेमवर्कद्वारा समर्थित राज्यलाई लक्ष्य आगामी वर्ष 2032-सम्ममा प्रतिव्यक्ति आय र दिगो विकास लक्ष्यहरूमा प्रदर्शनको मामिलामा शीर्ष 10 राज्यहरूमा सामेल हुनुछ।

कानून एवं व्यवस्थालाई उजागार गर्दै विजयशंकरले भने, लगभग 3 हजार पुलिस पदमा भर्ती लगभग पूरा भइसकेको छ साथै बुनियादी ढाँचाको उन्नयन पनि भइरहेको छ। उनले बागमारामा एउटा काउन्टर इंसर्जेंसी र जंगल युद्ध स्कूल उद्घाटन गरेको उल्लेख पनि गरे।

उनले भने, सड़क, बिजुली, कृषि तथा पर्यटन क्षेत्रमा 12,000 कड़ोरभन्दा अधिक बुनियादी ढाँचासित सम्बन्धित परियोजनाहरू संचालन भइरहेका छन्। राज्यले 1,800 कड़ोर रुपियाँभन्दा अधिकको निजी निवेश जुटाएको छ भने आगामी वर्ष 2032 सम्ममा 8 हजार कड़ोरभन्दा अधिक निवेशलाई आकर्षित गर्ने लक्ष्य तय गरेको छ।

मुख्य कनेक्टिभिटी योजनाहरूमा प्रस्तावित 22,000 कड़ोर रुपियाँको शिलंग–सिलचर ग्रीनफील्ड हाई-स्पीड कोरिडोर, शिलंग हवाईअड्डाको विस्तार औ हेलिपोर्ट्सको विकास सामेल छन्। वर्ष 2018-देखि यता 2,960 किलोमीटरभन्दा अधिक सड़कहरू निर्माण भइसकेका छन् भने पीएमजीएसवाई अन्तर्गत ग्रामीण कनेक्टिभिटीले सयकड़ौं बस्तीहरूलाई जोड़ेको छ। राज्यपालले भने, अब 97 प्रतिशत गाउँहरूमा मोबाइल नेटवर्क कभरेज छ अनि 6,900 भन्दा अधिक गाउँहरू ब्रडब्याण्ड सेवासित जोड़िएका छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande