नेहरू प्लेसमा 6 तले मल्टी लेभल पार्किंगको उद्घाटन
नेहरू प्लेसमा 6 तले मल्टी लेभल पार्किंगको उद्घाटन


नयाँ दिल्ली, 16 फरवरी (हि.स.)। दिल्लीको नेहरू प्लेसमा पार्किंगको समस्या समाधान गर्ने दिशामा एक महत्वपूर्ण कदम उठाइएको छ। सोमवार यहाँ मुख्यमन्त्री रेखा गुप्ता तथा उपराज्यपाल विनय कुमार सक्सेनाको उपस्थितिमा 6 तले मल्टी लेभल पार्किंगको उद्घाटन गरियो। यस अवसरमा क्षेत्रीय सांसद रामवीर सिंह बिधुड़ी, निगम पार्षद योगिता सिंह, राजपाल, जिल्लाध्यक्ष माया बिष्ट सहित अन्य अधिकारीगण उपस्थित थिए।

मुख्यमन्त्री रेखा गुप्ताले मीडियासित बातचित गर्दै भनिन्, नेहरू प्लेसको नवनिर्मित 6 तले पार्किंंगले यहाँ आउने मानिसहरूको लागि अत्याधुनिक सुविधा प्रदान गर्नेछ। उनले रेकर्ड समयमा यसलाई निर्माण गर्ने दिल्ली विकास प्राधिकरण (डीडीए)-लाई धन्यवाद दिइन्। उनले भनिन्, दिल्लीमा पार्किंगको समस्य समाधान गर्नको लागि सबै एजेन्सीहरूले मिलेर काम गरिरहेका छन्। दिल्ली नगरनिगम (एमसीडी)- को पार्किंगमा अनेकौं नयाँ प्रोजेक्ट बनाउने दिशामा काम अगाड़ि बढ़िरहेको छ। डीडीएले आफ्नो काम गरिरहेको छ तथा दिल्ली सरकारले पनि हरेक ठाउँमा पार्किंग सुव्यवस्थित होस्, ट्राफिक कन्जेशन कम होस् र सड़कहरूमा ट्रान्सपोर्टेशन सुचारू रूपमा चल्न सकोस् भन्ने दिशामा लगातार काम गरिरहेको छ।

रेखा गुप्ताले भनिन्, यो मल्टी लेभल पार्किंग पूर्ण रूपले भूकम्परोधी, हरेक ठाउँ सीसीटीभीद्वारा लैस, ईभी चार्जिंगको सुविधा तथा दिव्यांगजनहरूको लागि पनि पूर्ण अनुकूल छ। उनले भनिन्, दिल्लीको लिगेसी समस्याहरूको समाधान अब द्रूत गतिमा भइरहेको छ। दिल्लीलाई चाहिएको आधुनिक सुविधाहरूलाई मिशन मोडमा विकसित गरिँदैछ। अब यहाँ आउने हजारौं मानिसहरूलाई पार्किंगको लागि भौंतारिरहनु पर्नेछैन। यस सम्पूर्ण क्षेत्रमा ट्राफिक जामको समस्यादेखि पनि राहत पाइनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande