
सिलगढ़ी, 16 फऱवरी (हि.स.)। नक्सलबाड़ी र खोरीबाड़ी थाना क्षेत्रमा भएका दुई छुट्टाछुट्टै चोरीका घटनाहरूमा द्रुत गतिमा कारबाही गर्दै पुलिसले उल्लेखनीय सफलता हासिल गरेको छ। 12 घण्टाभित्रै पुलिसले चोरीका सामानहरू जफत गर्दै आरोपीहरूलाई पक्राउ गरेको छ। दुवै घटनामा सफलता प्राप्त भएपछि नक्सलबाड़ीका एसडीपीओ सौम्यजित रायले सोमवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराए।
उनले बताए, पहिलो घटना नक्सलबाड़ीको स्कूटीडाँगी क्षेत्रमा भएको हो, जहाँ घर खाली देखेर अपराधीहरूले दराज फोड़ेर सुनको झुम्का, सुनका चुरा र लगभग 1,70,000 रूपियाँ नगदी चोरेका थिए। परिवारले नक्सलबाड़ी थानामा उजुरी दर्ता गरायो। पुलिसले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान शुरू गऱ्यो र माटीगढ़ा थानाको सहयोगमा हिजो राति मुख्य आरोपी दीपक दासलाई पक्राउ गऱ्यो।
दोस्रो घटना खोरीबाड़ी थाना क्षेत्रको हो। यहाँ टोटो कारमा यात्रु बनेर अपराधीहरूले कोल्ड ड्रिंकमा बेहोस पार्ने औषधि मिसाएर टोटो चालकलाई दिए र टोटो लिएर भागे। उजुरी दर्ता भएलगत्तै अनुसन्धान शुरु गरियो। अभियुक्त रंगलाल बनिकलाई बिहारको ठाकुरगंजबाट पक्राउ गरी ल्याइयो। उदेखि चोरी भएको टोटो जफत गरियो। दुवै घटनाको अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी