
कोलकाता, 17 फरवरी (हि.स.)।पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मंगलवार सोशल मीडिया मञ्च एक्समा एउटा भीडियो साझा गर्दै राज्य सरकार र प्रशासनमाथि गम्भीर आरोप लगाए। उनले दाबी गरे, भीडियोमा एक जना व्यक्तिलाई हिन्दू विरोधी कृत्य गर्दै गरेको देखिएको छ।
शुभेन्दु अधिकारीले पोस्टमा सम्बन्धित व्यक्तिको पहिचान तथा ठेगाना बताउँदै आरोप लगाए, चन्द्रकोमा रोडको कुवाई ब्रिजमा झुण्डाइएको सनातनी भगवा झण्डामा थुकेर त्यसलाई अपवित्र बनाइयो। उनले यसलाई सुनियोजित ढंगमा गरिएको कृत्य बताए।
नेता प्रतिपक्षले दाबी गरे, यसै चन्द्रकोणा रोडमा उनको लावा-लस्करमा पहिला पनि कथित रूपमा प्राणघातक हमला भएको थियो, तर आरोपीहरू विरूद्ध कारबाही गर्नको सट्टा पुलिसले उनी र भाजपा कार्यकर्ताहरू विरूद्ध मामिला दर्ता गऱ्यो। उनले आरोप लगाए, कथित आक्रमणकारीहरूलाई छुट दिइयो।
आफ्नो सन्देशमा शुभेन्दु अधिकारीले हिन्दू समाजलाई एकजुट हुने अपील गर्दै भने, धर्मको रक्षा गर्नको लागि संगठित प्रयास हुन आवश्यक छ।उनले गीताको श्लोक “धर्मो रक्षति रक्षितः” -को उल्लेख गर्दै भविष्यप्रति चिन्ता व्यक्त गरे।
तथापि उपरोक्त आरोपलाई लिएर राज्य सरकार अनि पुलिस प्रशासनको पक्षबाट अहिलेसम्म कुनै पनि प्रकारको आधिकारिक प्रतिक्रिया आएको छैन। पुलिस सूत्र अनुसार भीडियो अनि लगाइएको आरोपको सत्यताको जाँच गर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा