जलपाईगुड़ीमा शिक्षकहरूको वाहन दुर्घटनाको शिकार
जलपाईगुड़ीमा शिक्षकहरूको वाहन दुर्घटनाको शिकार


जलपाईगुड़ी, 17 फरवरी (हि.स)। जलपाईगुड़ीमा एउटा ठूलो सड़क दर्घटना भयो। उच्च माध्यमिक परीक्षाको ड्यूटीमा गइरहेका शिक्षक-शिक्षिकाहरू उक्त दुर्घटनाका शिकार भए। यस घटनामा केही शिक्षकहरू घाइते भएको खबर प्राप्त भएको छ। जानकारी अनुसार यो दुर्घटना जिल्लाको बालापाड़ा क्षेत्रस्थित राष्ट्रिय राजमार्ग-31 मा मंगलवार बिहान भएको हो।

सूत्र अनुसार नौ जना शिक्षक-शिक्षिकाहरू एउटा म्याजिक भ्यानमा सवार भएर जलपाईगुड़ीदेखि मयनागुड़ीतर्फ गइरहेका थिए। यसै अवधि पछाड़िबाट आएको द्रूत गतिको अर्को म्याजिक भ्यानले भयानक ठक्कर दियो। ठक्कर लाग्नसाथ भ्यानमा सवार केही शिक्षक-शिक्षिकाहरू घाइते भए। घाइतेहरूलाई स्थानीय मानिसहरूको सहयोगमा अस्पतालमा पुऱ्याइयो। दुर्घटनापछि क्षेत्रको स्थिति तनाउपूर्ण भयो। आरोप छ, आक्रोशित मानिसहरूले म्याजिक भ्यानलाई ठक्कर दिने वाहनमा तोड़फोड़ गरे। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande