
कोलकाता, 17 फरवरी (हि.स.)। पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लामा पुलिसले भाजपा विधायक अशोक डिंडालाई समन जारी गरी उनलाई आफ्नो आरोपको समर्थनमा “ठोस प्रमाण” -को साथमा पेश हुन भनेको छ। डिंडाले आरोप लगाएका थिए, उनको विधानसभा क्षेत्रमा माछा लादिएको ट्रकहरूबाट पुलिसकर्मीले अवैध असुली गर्छ।
पूर्व मेदिनीपुरका पुलिस अधीक्षक (प्रभार) मिथुन देले मंगलवार सम्वाददाताहरूलाई बताए, हालैमा एक सार्वजनिक बैठकमा डिंडाले आफ्नो निर्वाचन क्षेत्र मोयनामा तैनाथ केही पुलिसकर्मीहरूले सड़कमा उभिएर धन आर्जन गरिरहेको आरोप लगाएका थिए।
उनलै भने, गत 14 फरवरीको दिन भारतीय न्याय संहिता (बीएनएस)- का विभिन्न धाराहरू अन्तर्गत विधायकलाई समन जारी गरियो। उनले भने,, “हामी 24×7 भ्रष्टाचार-मुक्त औ जनोन्मुखी सेवा दिनका लागि प्रतिबद्ध छौं। त्यसैले हामीले उनलाई 16 परवरीमा उपस्थित भएर आफ्नोआरोपको प्रमाण साझा गर्न भनेका थियौं।”
पुलिस अधीक्षकले बताए, डिंडाले आफ्नो वकिलको माध्यमबाट निर्धारित तिथिमा उपस्थित हुनमा असमर्थता व्यक्त गर्दै नयाँ तारिकको माग गरेका छन्। त्यसैले “उनलाई अगिल्लो तारिक बारे अवगत गराइनेछ।”
अर्कोतिर डिंडाले पत्रकारहरूसित बातचित गर्दै भने, यो “नयाँ पुलिस अधीक्षक”- द्वारा एक विपक्षी विधायकलाई हैरान बनाउने कारबाही हो। तथापि उनले स्पष्ट पारे, उनी समनदेखि बच्ने छैनन् र आगामी 21-23 फरवरीबीचमा उपस्थित हुनको लागि समय माग्नेछन्, किनभने यस महिनाका अन्य मितिहरूमा उनी व्यस्त छन्।
स्मरण गराइन्छ, गत जनवरीको शुरुआतमा आयोजित एक बैठकमा डिंडाले आरोप लगाएका थिए, “केही पुलिसकर्मी औ नागरिक स्वयंसेवकहरूले माछा व्यापारीहरूको वाहनलाी रोकेर नियमित रूपमा धन असुली गर्दै आइरहेका छन्।” यस बयानको एक भीडियो क्लिप सोशल मीडियामा भाइरल भएको थियो तथापि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा