
गुवाहाटी, 17 फरवरी (हि.स.)। असमकी वित्त मन्त्री अजन्ता नियोगले मंगलवार वित्त वर्ष 2026-27 को शुरुआती चार महिना अर्थात अप्रेलदेखि जुलाई महिनाको लागि 62,294.78 कड़ोर रुपियाँको लेखानुदान विधानसभामा पेश गरिन्।
प्रदेशमा केही महिनापछि विधानसभा चुनाउ प्रस्तावित छ। चुनाउपूर्व वित्त मन्त्रीले बजट सत्रको दोस्रो दिन मंगलवार लेखानुदान पेश गर्दै भनिन्, म वित्तीय वर्ष 2026-27 को शुरुआती चार महिनाको लागि अनुदान मागहरूमा लेखानुदान (भोट अन अकाउन्ट) प्रस्तुत गर्दछु जसको राशि 62,29,478.30 लाख रुपियाँ छ ताकि पूर्ण बजट नआउञ्जेलसम्म सरकारले आफ्नो सामान्य सेवाहरूलाई जारी राख्न सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा