
डेहरी ओन साेन, 17 फरवरी (हि.स.)। रोहतास जिल्लाको परसथूआ थाना अन्तर्गत ग्राम सोहसा निकट राष्ट्रिय राजमार्ग संख्या- 319 मा विद्यार्थीहरूले भरिएको बस दुर्घटनाग्रस्त भयो जसमा दुईजना शिक्षकहरूको मृत्यु भयो भने पाँचजना शिक्षक र एघारजना विद्यार्थीहरू गम्भीर रूपमा घाइते भए।
पुलिस अनुसार सबै शिक्षक अनि विद्यार्थीहरू कैमूर जिल्लाको चैनपुर थाना अधिनस्थ मध्य विद्यालय बढौनाका हुन्। बस विद्यार्थी अनि शिक्षकहरूलाई लिेर शैक्षणिक परिभ्रमणको लागि पटना गइरहेको थियो। यो घटना गए सोमवार अबेर राती डेढ़ बजे भएको बताइएको छ। मृतक शिक्षकहरूमा पुनीत कुमार सुमित कुमार सामेल छन्।
एसपी रौशन कुमारले बताए, बस दुर्घटनामा दुईजना शिक्षकहरूको मृत्यु भएको छ भने पाँचजना शिक्षक र एघारजना विद्यार्थीहरू घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारको निम्ति सदर अस्पताल सासाराममा लगिएको छ। बसमा 07 जना शिक्षकहरू, 36 जना विद्यार्थीहरू अनि एकजना अभिभावक पनि सवार थिए। एसपीले बताए, दुवै शवलाई पोस्टमर्टम गर्नको लागि सदर अस्पताल सासाराममा लगिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा