'बाबरी' नाममाथि बंगीय हिन्दू महा समाजको विरोध
'बाबरी' नाममाथि बंगीय हिन्दू महा समाजको विरोध


सिलगढ़ी, 17 फरवरी (हि.स.)। पश्चिम बंगालमा 'बाबरी' नामले मस्जिद निर्माणको विरोध गर्दै बंगीय हिन्दू महा समाजले प्रदर्शन गऱ्यो। संगठनका कार्यकर्ताहरूले सिलगढ़ीको सड़कमा हुमायुँ कबीरको पुतला दहन गरे साथै सड़कलाई जाम गरी विरोध व्यक्त गरे।

संगठनको पक्षबाट भनियो, ‘बाबरी’ नामलाई उपयोग गरी कुनै मस्जिदको निर्माण वा नामाकारण गर्नु बंगलामा स्वीकार्य छैन। तथापि उनीहरूले स्पष्ट पारे, अन्य कुनै नाममा मस्जिद निर्माण गरिए उनीहरूलाई कुनै आपत्ति हुनेछैन।

बंगीय हिन्दू महासमाजका संयोजक ननी धरले भने, बंगालमा कुनै पनि स्थितिमा बाबरी मस्जिद बन्न दिइनेछैन। यस नामसित सम्बन्धित इतिहास संवेदनशील र विवादित रहिआएको छ जसबाट राज्यको शान्ति अनि सौहार्द प्रभावित हुनसक्छ।

संगठनले दाबी गऱ्यो, उनीहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक ढंगमा आफ्नो विरोध दर्ता गराइरहेका छन्। साथै चेताउनी पनि दियो, आवश्यक परे उनीहरू व्यापक आन्दोलन गर्न पनि पछि हट्ने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande