कोलकातामा अवैध रूपमा बसिरहेका आवामी लिगसँग सम्बन्धित ६ बंगलादेशी नागरिक पक्राउ
Arrest


कोलकाता, 17 फरवरी (हि.स.)। कोलकाता पुलिसले केन्द्रिय कोलकाताको एक होटलबाट भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा भारतमा बसिरहेका छजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पुलिसले मंगलबार बिहान उक्त जानकारी दिएको हो।

सूचनाका आधारमा पार्क स्ट्रिट थाना टोलीले कलिन स्ट्रिटस्थित एक होटलमा छापा मारेको थियो। प्रारम्भिक जांचमा सबै युवक बंगलादेशको सत्तारूढ दल ‘आवामी लिग’ सँग सम्बन्धित रहेको बताइएको छ। भिसा समाप्त भएपछि स्वदेश फर्किनुको सट्टा उनीहरू कोलकातामै लुकेर बसिरहेका थिए।

पक्राउ परेकाहरूको पहिचान आबिर हुसेन, मोहम्मद मामुन रशीद, मोहम्मद अलीमुन गाजी, आजम मोल्ला, फैजल अमिन र जायदुल इस्लामका रूपमा गरिएको छ। तीमध्ये आजम मोल्ला पेशाले गायक रहेको बताइएको छ। पुलिस स्रोतका अनुसार, पक्राउका बेला उनले आफ्नो गिटार साथमा राख्न र गीत गाउन अनुमति मागेका थिए।

सोमबार पक्राउ परेपछि सबै आरोपीलाई ब्याङ्कशाल अदालतमा पेश गरिएको थियो, जहाँ न्यायाधीशले उनीहरूलाई २७ फरवरीसम्म न्यायिक हिरासतमा पठाउने आदेश दिएका छन्।

पुलिसका अनुसार, सबै आरोपीको उमेर २५ देखि ३५ वर्षबीच रहेको छ र उनीहरू मुख्य रूपमा बंगलादेशको नोआखाली तथा टांगाइल क्षेत्रका बासिन्दा हुन्। गत वर्ष बंगलादेशमा उत्पन्न अशान्त परिस्थितिका कारण उनीहरू विभिन्न समयमा चिकित्सकीय भिसामा कोलकाता आएका थिए। यहाँ आएपछि उनीहरू एक-अर्काको सम्पर्कमा आएका र विभिन्न होटलमा बस्न थालेका थिए। केहीले स्थानीय रूपमा कामको खोजीसमेत गरेका थिए।

स्रोतका अनुसार, नोभेम्बरदेखि उनीहरूको भिसा अवधि समाप्त हुन थालेको थियो र जनवरीसम्म सबैको भिसा पूर्ण रूपमा समाप्त भइसकेको थियो। त्यसपछि पनि उनीहरू बंगलादेश फर्किन तयार थिएनन्। करिब सात दिनअघि उनीहरू कलिन स्ट्रिटको उक्त होटलमा बसेका थिए, जहाँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

एक वरिष्ठ पुलिस अधिकारीले सजायको अवधि पूरा भएपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई बंगलादेश फिर्ता पठाइने जानकारी दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande