भूपेन बोराले विधानसभा चुनाउ लड़्नेछन्, बिहपुरिया वा रंगानदी सीटमाथि विचार
भूपेन बोराले विधानसभा चुनाउ लड़्नेछन्, बिहपुरिया वा रंगानदी सीटमाथि विचार


गुवाहाटी, 17 फरवरी (हि.स.)। पार्टीबाट राजीनामा दिसकेका असम प्रदेश कंग्रेसका पूर्व अध्यक्ष भूपेन कुमार बोराले मंगलवार घोषणा गरे, उनले आगामी विधानसभा चुनाउमा प्रतिद्वन्द्विता गर्नेछन्। उनले भने, बिहपुरिया वा रंगानदी विधानसभा क्षेत्रमा कुनै एउटा सीटबाट चुनावी मैदानमा उत्रिने विचार उनले गरिरहेका छन्।

मीडियासित बातचित गर्दै बोराले स्पष्ट शब्दमा भने, “म चुनाउ लड़्छु।” उनले बताए, उनले बिहपुरिया वा रंगानदीमध्ये कुनै एउटा सीटबाट चुनाउ लड़्ने निर्णय लिएका छन्। उनको यो बयान राज्यमा भइरहेको राजनीतिक घटनाक्रमबीच सामु आएको छ।

भावुक मुद्रामा बोराले भने, “म एउटा बगिरहेको डुंगा हुँ” साथै उनले यो पनि भने, उनको हातमा केही छैन। उनको यस बयानलाई उनको राजनीतिक जीवनमा आइलागेका चुनौतीहरूको सांकेतिक रूपमा हेरिँदैछ।

बोराको यस घोषणापछि राज्यको राजनीतिमा नयाँ अड़कलहरू तीव्र भएका छन्। आगामी चुनाउपूर्व असमको परिवर्तनशील राजनीतिक परिस्थितिमा उनको अघिल्लो कदमलाई लिएर चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande