
गुवाहाटी, 17 फरवरी (हि.स.)। वरिष्ठ कंग्रेस नेता भूपेन बोराले मंगलवार आफ्नै पार्टीको आन्तरिक स्थितिमाथि चर्को प्रहार गर्दै भने, गुटबाजी र विवादहरूले संगठनलाई भित्रबाटै कमजोर बनाइदिएको छ। पार्टीबाट राजीनामा दिएको एक दिनपछि आज उनले आरोप लगाए, हालैका घटनाहरूले कंग्रेसको “खोक्रो संरचना”-लाई उजागार गरिदिएको छ।
सांसद गौरव गोगोईसित सम्बन्धित कथित पाकिस्तान लिंक विवादको उल्लेख गर्दै बोराले भने, यस मुद्दाले पार्टीभित्र खैलाबैला मचाइदिएको छ। यस विवादले राज्य एकाईको छविलाई नोक्सान पुऱ्याएको छ र वरिष्ठ नेताहरूबीच अविश्वासलाई अझ बढ़ाइदिएको छ।
बोराले गौरव गोगोई र रकिबुल हुसैनको राजनीतिक तालमेलमाथि पनि प्रश्न उठाउँदै आरोप लगाए, यस गठजोड़ले पार्टीलाई कमजोर स्थितिमा धकेलिदिएको छ। उनले भने, नेतृत्वको आन्तरिक तानाताना तथा आपस्तमा प्रतिस्पर्धाको कारणले धरातीलय स्तरमा संगठनको शक्ति घट्दै गइरहेको छ।
उनले विपक्षी एकजुटतामा आइपरेका बाधाहरू तर्फ पनि इंगित गर्दै भने, रणनीति तथा नेतृत्व सम्बन्धि मतभेदहरूले व्यापक गठबन्धनका सम्भावनाहरूलाई प्रभावित पारेको छ। यसबाट कार्यकर्ता अनि समर्थकहरूबीच भ्रमको स्थिति उत्पन्न भएको छ।
एक महत्वपूर्ण खुलासामा बोराले दाबी गरे, हालैमा उनको आवासमा भएको बैठकमा वरिष्ठ नेताद्वय देबब्रत सैकिया र प्रद्युत बरदलैले केही निर्णयहरूलाई लिएर गौरव गोगोई समक्ष कड़ा आपत्ति जनाए जसले पार्टीभित्र गहिरिँदै गरेको मतभेदलाई दर्शाउँछ।
बोराले संकेत दिए, उनले चाँड़ै नै कंग्रेसको आन्तरिक विवादमाथि खुलेर बोल्नेछन् जसबाट आगामी राजनीतिक परिस्थितिमा पार्टीभित्र अझ ठूलो खैलाबैला आउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा