टिस्टा क्यानलबाट व्यवसायीको शव उद्धार
टिस्टा क्यानलबाट व्यवसायीको शव उद्धार


सिलगढ़ी, 17 फरवरी (हि.स.)। टिस्टा क्यानलमा हाम फालेर आत्महत्या गर्ने व्यवसायीको शव तीन दिनपछि अन्ततः मंगलवार उद्धार गरियो। मृतक व्यवसायीको नाम मनोज डालमिया हो जो सिलगढ़ीको मिलनपल्ली निवासी थिए।

उल्लेखनीय छ, सिलगढ़ी महकुमाको फाँसीदेवामा गत आइतवार व्यवसायी मनोज डालमियाले हाम फालेर आत्महत्या गरेका थिए। घटना घटेदेखि नै आपदा प्रबन्धन टीम र पुलिस प्रशासनले लगातार खोजी अभियान संचालन गरिरहेको भए पनि शव भेटिएको थिएन। मंगलवार बिहान फेरि खोजी अभियान शुरू गरियो जसावधि टिस्टा नहरमा थुप्रिएको पानीमा शव भेटियो।

शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। आत्महत्या गर्नु पछाड़िको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। मामिलाको जाँच फाँसीदेवा थाना पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande