मुख्यमन्त्रीले सीबीएसई बोर्ड परीक्षाको लागि विद्यार्थीहरूलाई दिइन् शुभकामना
मुख्यमन्त्रीले सीबीएसई बोर्ड परीक्षाको लागि विद्यार्थीहरूलाई दिइन् शुभकामना


नयाँ दिल्ली, 17 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सीबीएसई बोर्ड परीक्षामा सामेल भइरहेका विद्यार्थीहरूलाई शुभकामना दिएकी छन्। उनले भनिन्, यो समय वर्षभरिको परिश्रमलाई तिखार्ने एउटा सुनौलो अवसर हो र विद्यार्थहरूले पूर्ण आत्मविश्वासको एवं उत्साहको साथमा परीक्षामा भाग लिनुपर्छ।

मुख्यमन्त्रीले एक्स पोस्टमा जारी आफ्नो सन्देशमा भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा पे चर्चा कार्यक्रममा विद्यार्थीहरूलाई परीक्षालाई उत्सवको रूपमा लिने प्रेरणा दिएका छन्। उनको मूल मन्त्र “तपाईको आत्मविश्वास नै तपाईको सबैभन्दा ठूलो पूँजी हो”-ले विद्यार्थीहरूलाई मानसिक रूपमा सशक्त बनाउनेछ।

उनले विद्यार्थीहरूसित प्रसन्नचित्त भएर आफ्नो मेधाको परिचय दिने तथा धैर्य एवं निरन्तर प्रयासलाई आफ्नो असली शक्ति बनाउने आह्वान गरिन्। मुख्यमन्त्रीले विश्वास व्यक्त गरिन्, दिल्लीका विद्यार्थीहरूले आफ्नो लगन र मिहेनतले सफलताको नयाँ कीर्तिमान स्थापित गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande