
सिलगढ़ी, 17 फरवरी (हि.स.)। सिलगढ़ीमा निरन्तर बढ़्दो ट्राफिक जाम तथा रेल अण्डरपासको अभावलाई लिएर कंग्गरेसले विरोध प्रदर्शन गऱ्यो। डाबग्राम-फुलबाड़ी कंग्रेस कमिटीले मंगलवार न्यू जलपाईगुड़ीस्थित एडीआरएम कार्यालय सामु धरना प्रदर्शन गरेर रेल अधिकारीहरूलाई ज्ञापन सुम्पियो।
कंग्रेस नेताहरूको भनाइ छ, सिलगढ़ी, बागडोगरा र ठाकुर नगर सहित केही क्षेत्रहरूमा अण्डरपास नभएको कारणले आम मानिसहरूलाई विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ। रेलवेले समस्या समाधान गरिदिने आश्वासन दिएको भए पनि अहिलेसम्म कुनै ठोस कदम उठाएको छैन।
प्रदर्शन अवधि कंग्रेसले आरोप लगायो, रेल बजटमा सिलगढ़ीको लागि “बुलेट ट्रेन”- को मुद्दा उठाएर चुनावी लाभ लिने प्रयास गरिँदैछ जबकि धरातीलय स्तरमा मूलभूत समस्याहरू अहिले पनि जस्ताको तस्तै छन्।
कंग्रेसले अण्डरपास निर्माण, वरिष्ठ नागरिकहरूलाई रेल सुविधा सुनिश्चित गर्ने सहित अन्य विभिन्न मागहरूमा ज्ञापन सुम्पियो। पार्टीले चेताउनी दियो, यी मागहरू पूरा नभए आन्दोलनलाई अझ तीव्रता दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा