
कोकराझार, 17 फरवरी (हि.स.)। आगामी विधानसभा चुनाउ 2026 -लाई मध्यनजर गर्दै कोकराझार जिल्लामा प्रशासनले तयारीहरूलाई तीव्रता दिएको छ। शान्तिपूर्ण, निष्पक्ष एवं सुव्यवस्थित चुनाउ सम्पन्न गराउने उद्देश्ले जिल्लामा लगातारर समन्वय बैठक एवं मतदाता जागरूकता कार्यक्रमहरू आयोजना गरिँदछ।
कोकराझारमा मंगलवार साइन्स कलेज अडिटोरियममा सिभिल एवं पुलिस जोनल-सेक्टर अधिकारीहरूको एक महत्वपूर्ण समन्वय बैठक आयोजना गरिो। जिल्ला आयुक्त एवं जिल्ला निर्वाचन अधिकारी पंकज चक्रवर्तीको अध्यक्षतामा सम्पन्न सो बैठकमा वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) तथा अतिरिक्त जिल्ला आयुक्त (एडीसी) पनि उपस्थित थिए। बैठकमा चुनाउ सम्बन्धि तयारी, विभिन्न विभागहरूबीच समन्वय, व्यवस्था तथा अदिकारीहरूको जिम्मेवारीहरूहरूमाथि विस्तार पूर्वक चर्चा गरियो। अधिकारीहरूलाई निर्देश दिइयो, उनीहरूले निर्वाचन कार्यहरूको निष्पादन पूर्ण पारदर्शिता, सतर्कता औ आपस्तमा तालमेल राखेर सुनिश्चित गरून्।
कोकराझारमा यसै दिन केन्द्रिय प्रौद्योगिकी संस्थानमा नवपञ्जीकृत मतदाताहरूको लागि ईभीएम प्रदर्शन कार्यक्रम पनि आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य युवा एवं पहिलो पटक मतदान गर्ने मतदाताहरूलाई इलेक्ट्रनिक भोटिक मशिन (ईभीएम) तथा भीभीप्याटको कार्यप्रणाली बारे अवगत गराउनु थियो। कार्यक्रमको माध्यमबाट युवाहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताको लागि प्रेरित गरियो।
यो पहल निर्वाचन आयोगको मतदाता जागरूकता कार्यक्रम ‘स्वीप’ (एसवीईईपी) अन्तर्गत गरिएको हो जसको उद्देश्य विशेष रूपमा पहिलो पटक मतदान गरिरहेका मतदाताहरूबीच जागरूक फैलाउनु तथा मतदान प्रतिशतमा वृद्धि सुनिश्चित गर्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा