एआई भारतलाई वैश्विक स्तरमा 'ज्ञानको महाशक्ति' को रूपमा स्थापित गर्नेछ - धर्मेन्द्र प्रधान
धर्मेन्द्र


नयाँ दिल्ली, 17 फरवरी (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले मंगलवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले देशको भावी पुस्तालाई सशक्त बनाउने बताएका छन्। यो तकनीकले भारतलाई विश्व स्तरमा 'ज्ञान महाशक्ति' को रूपमा स्थापित गर्नेछ। भारत मण्डपममा चलिरहेको ‘एआई इम्प्याक्ट समिट 2026’ को क्रममा धर्मेन्द्र प्रधानले भारतको नयाँ पुस्तालाई एआई सक्षम शिक्षा उपलब्ध गराउनु अहिले सरकारको मुख्य जिम्मेवारी र प्राथमिकता भएको बताए। यो सम्मेलनले युवामा नयाँ जोश जगाएको छ, उनले भने।

यस बाहेक एआईको यो प्रगतिले सन् 2047 सम्ममा भारतलाई 'विकसित राष्ट्र' बनाउने मार्ग प्रशस्त गर्नेछ। कार्यक्रम मुख्यतया दुई वटा विषयमाथि केन्द्रित थियो। यसमा शिक्षामा एआई र एआईबारे शिक्षा समावेश छ। प्रधानले भने, भारतको परम्परागत ज्ञानदेखि लिएर भविष्यको आधुनिक ज्ञानसम्म एआई प्रयोग गरेर हामीले विद्यार्थी मात्र होइन, शिक्षक र विद्यालय-कलेज व्यवस्थापनलाई पनि सशक्त बनाउनुपर्छ। एआईमा शिक्षा र शिक्षामा एआई - यी दुवै अब एक-अर्काका पूरक हुन्। म युवाहरूलाई एआई प्रयोग गर्न सिक्न, सिकाउन र नयाँ आविष्कारहरू सिर्जना गर्न अपील गर्दछु ताकि भारत यस क्षेत्रमा विश्वव्यापी शक्ति बन्न सकोस्।

सम्मेलनका साथै शिक्षा मन्त्रीले सीबीएसई 10औं र 12औं बोर्ड परीक्षामा सहभागी हुन जाने सबै विद्यार्थीहरूलाई आफ्नो सन्देश दिए। उनले विद्यार्थीलाई ‘परीक्षा योद्धा’ भन्दै तनावमुक्त हुन, परीक्षालाई उत्सव जस्तै मनाउन र उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार नयाँ दिल्लीको भारत मण्डपममा ‘इन्डिया एआई इम्प्याक्ट एक्सपो–2026’ को उद्घाटन गरेका छन् । यस क्रममा उनले एक्स्पोमा रहेका विभिन्न प्रदर्शनीहरुको भ्रमण गर्नका साथै एआई उपकरणका बारेमा जानकारी लिएका थिए ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande