डीयूमा पब्लिक मीटिंग, जुलूस एवं प्रदर्शनमाथि एक महिनाको लागि रोक
डीयूमा पब्लिक मीटिंग, जुलूस एवं प्रदर्शनमाथि एक महिनाको लागि रोक


नयाँ दिल्ली, 17 फरवरी (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू) परिसरमा आगामी एक महिनासम्मको लागि कुनै पनि प्रकारको पब्लिक मीटिंग, जुलूस वा प्रदर्शनमाथि पूर्ण रूपले रोक लगाइएको छ। यो आदेश 17 फरवरीदेखि लागू भएको छ जुन एक महिनासम्म कायम रहनेछ।

विश्वविद्यालयको प्रोक्टर प्रो. मनोज कुमारले मंगलवार विद्यार्थीहरू, फैकल्टी सदस्यगण औ स्टाफहरूलाई यस सम्बन्धमा सूचना दिनको लागि एउटा आदेश जारी गरेका छन् जुन 17 फरवरीदेखि आगामी एक महिनासम्म प्रभावकारी रहनेछ।

उनले बताए, यो आदेश यस जानकारीको आधारमा जारी गरिएको हो कि डीयू परिसरमा बिना रोकटोकको सार्वजनिक समारोह, जुलूस वा प्रदर्शनहरूबाट मानवीय ज्यानलाई खतरा अनि जनशान्ति भंग हुनसक्छ। उनले भने, पहिला पनि प्रायजसो आयोजकहरू यस्ता विरोध प्रदर्शनहरूलाई नियन्त्रण गर्नमा असफल भएका छन् जसबाट विश्वविद्यालय परिसरको कानून व्यवस्था अव्यवस्थित भइरहेको छ।

प्रोक्टरले आफ्नो आदेशमा यो पनि बताए, पुलिस आयुक्त, सब-डिभीजन सिभिल लाइन्सले पनि 26 दिसम्बर, 2025- को यस आशयमा एउटा आदेश जारी गरेको छ ज समा गृह मन्त्रालयको एउटा अधिसूचनालाई आधार मानिएको छ जसानुसार विश्वविद्यालय परिसरमा पुनि पनि पब्लिक मीटिंग, ऱ्याली, धरना, प्रदर्शन, आन्दोलन अथवा कुनै पनि यस्तो गतिविधिमाथि रोक लगाइएको छ जसबाट आम मानिसहरूको शान्ति अनि ट्राफिकको सहज आवागमनमाथि प्रभाव पर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande