
नयां दिल्ली, 17 फरवरी (हि.स.)। सोशल मीडियामा ‘रील’ बनाउने भयानक पागलपनले द्वारकामा एक फुल्दो-फल्दो परिवारको संसार नै उजाड़ बनाइदियो। द्रूत गतिको स्कर्पियोबाट स्टन्ट गरिरहेको एकजना नाबालिक छात्रले बाइक सवार 23 वर्षीय साहिल धनेश्वरलाई यस्तो भयंकर ठक्कर दियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। घटनामा एकजना ट्याक्सी ड्राइभर पनि गम्भीर रूपमा घाइते भए। घटना गत 03 फरवरीमा लालबहादुर शास्त्री कलेज नजिकमा भएको हो।
मृतककी आमा इना माकनले हिन्दुस्थान सामाचार- लाई बताइन्, गत 03 फरवरीको दिन साहिल सदा जस्तै अफिस गइरहेको थियो। आरोप छ, आरोपी नाबालिक आफ्नी बहिनीसित स्कर्पियोमा रील बनाउन हिंड़ेको थियो। सोशल मीडियामा भाइरल भीडियोमा उक्त वाहनको द्रूत स्पष्ट रूपमा देखिन्छ।
आरोपीले रङ साइडमा वाहन पसाएर बस सामु स्टन्ट गर्ने चेष्टा गऱ्यो। यस अवधि साहिलको बाइक त्यसको चपेटमा पऱ्यो। यस भयानक घटनामा स्कर्रियोले पहिला बाइकलाई ठक्कर दियो, त्यसपछि एउटा खड़ा कारलाई अनि पछि ट्याक्सीसित ठोक्कियो।
आँखाभरि आँशु लिएर भक्कानिँदै इना माकनने भनिन्, “उनीहरूको रीलको शौकमा मेरो कलेजोको टुक्रा भयो। यो एउटा दुर्घटना मात्र होइन, गम्भीर अपराध पनि हो।” उनले आरोप लगाइन्, आरोपीको नाममा पहिलाबाटै ओभरस्पीडिंगका धेरैवटा चालानहरू दर्ता थिए। तथापि उसलाई लाइसेन्स बिनै वाहन हाँक्नदेखि रोकिएन। उनले न्यायको निम्ति गुहार मागिन्।
पुलिस कारबाही तथा जमानतमाथि प्रश्न-
पुलिसका एकजना वरिष्ठ अधिकारी अनुसार द्वारका साउथ थानामा भारतीय न्याय संहिताको धारा 281, 106(1) औ 125(ए) अन्तर्गत मामिला दर्ता गरेको छ। तीनै क्षतिग्रस्त वाहनहरूलाई जफत गरिएको छ। साथै सीसीटीभी फुटेजको जाँच पनि गरिँदैछ। यस मामिलामा त्यसबेला नयाँ मोड़ आयो जतिबेला गत 10 फरवरी, 2026-मा किशोर न्या बोर्डले आरोपीलाई दशौं कक्षाको बोर्ड परीक्षाको आधारमा जमानत दियो। पहिला उसलाई अब्जर्भेशन होममा पठाइएको थियो। जमानतबाट पीड़ित परिवार रूष्ट भएको छ।
पितामाथि पनि कराबाही गर्ने माग-
परिवारको भनाइ छ, जबसम्म नाबालिकलाई वाहन सुम्पिने अभिभावकहरूमाथि कड़ा कारबाही हुँदैन तबसम्म सड़कमा आम मानिसहरू सुरक्षित छैनन्। इना माकनले आरोपीका पिताविरूद्ध पनि रिपोर्ट दर्ता गर्ने माग गरेकी छन् ताकि भविष्यमा अन्य कुनै आमाले यसरी आफ्नो छोरा नगुमाओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा