एगरामा सड़क दुर्घटनामा युवकको मृत्यु
एगरामा सड़क दुर्घटनामा युवकको मृत्यु


मेदिनीपुर, 17 फरवरी (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको एगरा शहरमा गए सोमवार राती भएको एक सड़क दुर्घटनामा मोटरसाइकल सवार युवकको मृत्यु भयो। दुर्घटना सेन्ट्रल बस स्ट्याण्ड निकट दिघा-मेदिनीपुर मुख्य मार्गमा भएको हो।

पुलिस सूत्र अनुसार मृतकको पहिचान महादेव पाल (35)- को रूपमा भएको छ जो एगरा नगरको वार्ड नम्बर-8 स्थित पुरूषोत्तमपुरका निवासी थिए भने एक निजी औषधि कम्पनीमा कार्यरत थिए। उनका पिताको नाम गंगाधर पाल रहेको बताइएको छ।

जानकारी मुताविक गए सोमवार साँझ लगभग साढ़े सात बजी महादेव पाल मोटरसाइकलमा सवार भएर दिघा-मेदिनीपुर मार्ग भएर गुज्रिरहेका थिए। यसै अवधि सेन्ट्रल बस स्ट्याण्ड नजिक एक इञ्जिन चालित रिक्शासित उनको बाइक ठोक्कियो। ठक्करको तीव्रता अधिक भएको कारणले तिनी सड़कमा लड़े अनि गम्भीर रूपमा घाइते भए। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर घाइते युवकलाई एगरा स्पेशियलिटी अस्पतालमा पुऱ्यायो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

पुलिसले दुर्घटनाग्रस्त बाइकलाई कब्जामा लिएर आवश्यक कानूनी कारबाही शुरू गरेको छ। घटनापछि क्षेत्रमा केही समयसम्म स्थिति तनाउपूर्ण भयो, तर पछि सामान्य भयो। मामिलाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande