
गुवाहाटी, 17 फरवरी (हि.स.)। असम प्रदेश भाजपाका पूर्व अध्यक्ष तथा विधायक भबेश कलिताले कंग्रेस सांसद एवं एपीसीसीका अध्यक्ष गौरव गोगोईमाथि तीव्र हमला गर्दै आरोप लगाए, उनले असमिया समाजको अपमान गरेका छन्। उनले भने, कुनै पनि स्वाभिमानी असमियाले गौरव गोगोईलाई साथ दिने छैनन्।
मीडियासित बातचित गर्दैद कलिताले भने, यो भूपेन बोरासम्म मात्र सीमित छैन जबकि आगामी दिनमा अन्य केही नेताहरूले पनि कंग्रेस छोड़्न सक्नेछन्। उनले दाबी गरे, कंग्रेसभित्र असन्तोष बढ़िरहेको छ र यसको प्रभाव आगामी चुनाउमा देखिनेछ।
कलिताको उक्त बयान पश्चात राज्यको राजनीतिमा खैलाबैला तीव्र भएको छ भने कंग्रेसको आन्तरिक स्थितिलाई लिएर अड़कलहरू पनि बढ़्दै गएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा