
नयाँ दिल्ली, 17 फऱवरी (हि.स.)। भारतीय कोस्ट गार्ड (आईसीजी) र गुजरात एटीएसले रातभरिको अपरेशनपछि अन्तरराष्ट्रिय समुद्री सीमा रेखा नजिक लागूऔषध तस्करीको पर्दाफास गरेका छन्। संयुक्त टोलीले पछ्याएपछि समातिएको डुंगाबाट एक-एक किलोको प्याकेटमा रहेको क्रिस्टलाइन सामग्रीको 203 किलो लागूऔषध जफत गरेको छ। नियन्त्रणमा लिएको डुङ्गा चालक दलका दुई सदस्यलाई थप अनुसन्धानका लागि पोरबन्दर ल्याइएको छ।
आईसीजीका कमाण्डर अमित उनियालले मंगलवार भने कि गुप्तचर सूचनाको आधारमा 16 फरवरीमा रातभरि भारतीय तटरक्षक गार्ड र गुजरात एटीएसले समुद्रमा अपरेशन गरेको थियो। गुजरात एटीएसबाट इनपुट प्राप्त गरेपछि कोस्ट गार्ड क्षेत्र (उत्तर पश्चिम) मा बहु मिसनमा तैनाथ आसीजी जहाजलाई अन्तरराष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) नजिक लागूपदार्थ तस्करी भएको शंकास्पद विदेशी डुङ्गालाई पछ्याउन डाइभर्ट गरियो। कालो रात भएपनि आईसीजी जहाजले मानवीय तथा टेक्निकल सर्विलान्सको माध्यमले शंकास्पद डुङ्गा पहिचान गरेको उनले बताए। आईसीजी जहाज नजिकै आएको देखेर शंकास्पद डुङ्गा आईएमबिएलतर्फ दौड़िन थाल्यो। यसपछि प्रारम्भिक दूरीको बावजुद स्पीडबोटलाई पछ्याएर रोकियो।
डुङ्गामा चढ्ने क्रममा दुई जना विदेशी चालक दलका सदस्य रहेको पाइयो। डुङ्गाको राम्रोसँग खोजी गर्दा लुकाएर राखिएको एक-एक किलोको प्याकेटमा रहेको 203 किलो क्रिस्टलाइन सामग्रीका फेला पऱ्यो। नियन्त्रणमा लिएको डुङ्गा चालक दलका सदस्य सहित पोरबन्दर ल्याइएको छ। जफत गरिएको पदार्थलाई रासायनिक परीक्षणका लागि पठाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी