
तीनधारे, 17 फरवरी (हि.स.)। घैयाबारी निवासी बिजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा घैयाबारीको पगलाझोडा लगायत अन्य विभिन्न स्थानहरुमा फोहोरहरु सफा गर्ने कार्यमा निरन्तर लागिपरेका छन्। आफ्नो गाउँ घर आफै सफा राखौँ भन्ने उद्देश्यका साथमा उनले विभिन्न स्थानहरुमा फोहोरहरु सफा गर्ने कार्य विगत लामाे समयदेखि गर्दै आएका छन्।
उनले विशेष गरेर पगलाझोडाका खोला, नाला र सडकका मैलाहरु, मानिसहरूले फ्याँकेका प्लास्टिकजन्य फोहोरहरु सफा गर्ने कार्य गरिरहेका छन्। बिजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा उदाहरण प्रस्तुत गरेका छन्। यसका साथै उनले घैयाबारीको रोड र नालाहरुका मैलाहरु पनि सफा गरिरहेको बताइएकाे। उनले यो कार्य भविष्यमा पनि निरन्तर गरिरहने बताएका छन्।
उनले स्थानीय सबैलाई अपील गर्दै आफ्नो क्षेत्रमा आफै सर सफाई गर्नु पर्ने, आफ्नो ठाउँ सफा राख्नु पर्ने र मैलाहरु जताभावी फ्याँक्नु नहुने निवेदन गरेका छन्। उनले नाला झोडामा प्लास्टिकजन्य वस्तुहरू नफ्याँक्न साथै स्थानीयहरु र दोकानेहरुलाई आफ्नो क्षेत्रमा सर सफाई गर्न आह्वान् गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक