
नयाँ दिल्ली, 17 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले एआई इम्प्याक्ट समिटमा सहभागी हुन भारत आएका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई स्वागत गरेका छन्। उनले यो भ्रमणले भारत-फ्रान्स रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोंको पोस्ट रिपोस्ट गर्दै भारत उनको भ्रमणको स्वागत गर्दछ भनी बताए। दुवै नेताबीच हुने छलफलले द्विपक्षीय सहकार्यलाई अझ सुदृढ़ बनाउने र यसले विश्वव्यापी प्रगतिमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
प्रधानमन्त्रीका अनुसार, मुम्बई तथा त्यसपछि नयाँ दिल्लीमा हुने कार्यक्रमहरूले दुई देशबीचको सम्बन्धलाई नयाँ गति प्रदान गर्नेछन्।
यसअघि राष्ट्रपति म्याक्रोंले भारत भ्रमणका लागि प्रस्थान गर्दै ‘एक्स’ मा लेखेका थिए, उनी मुम्बईदेखि नयाँ दिल्लीसम्म तीनदिने भ्रमणमा रहनेछन्। उनीसँग व्यापार, आर्थिक, औद्योगिक, सांस्कृतिक तथा डिजिटल क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी भएका छन्।
म्याक्रोंले भारत र फ्रान्सबीचको रणनीतिक साझेदारीलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटप्रति उत्साह प्रकट गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी