मुख्यमन्त्री ममता ब्यानर्जीले कवि जीवनानन्द दासलाई जन्मदिवसमा दिइन् श्रद्धाञ्जली
मुख्यमन्त्री ममता ब्यानर्जीले कवि जीवनानन्द दासलाई जन्मदिवसमा दिइन् श्रद्धाञ्जली


कोलकाता, 17 फ़रवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले ‘रूपसी बंगला’- का कवि जीवनानन्द दासको जन्म दिवसमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्।

मुख्यमन्त्रीले सोशल मीडिया मञ्च एक्समा मंगलवार पोस्ट गरी जीवनानन्द दासको प्रसिद्ध पंक्तिको हिन्दी भावार्थ साझा गरिन् अनि भनिन्, उनले बंगालको सौन्दर्य, प्रकृति औ आत्मालाई आफ्ना कविताहरूमा अमर बनाएका छन्। ममता ब्यनर्जीले लेखिन्, जब कसैले बंगालको रूपलाई देख्छन्, तब उसलाई दुनियाँको कुनै पनि सौन्दर्यको खोजी गर्ने आवश्यकता पर्दन।

उनले आफ्नो सन्देशमा भनिन्, जीवनान्द दास बंगाली साहित्यका महान स्तम्भ थिए। उनका रचनाहरूले साहित्यलाईमात्र समृद्ध नबनाएर बंगालको सांस्कृतिक पहिचानलाई पनि नयाँ उचाईँ दिन्छ। मुख्यमन्त्रीले उनको जन्मदिनमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्दै भनिन्, उनको साहित्यले भावी पिँढ़ीलाई सदैव प्रेरणा दिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande