
मेदिनीपुर, 17 फरवरी (हि.स.)। जिल्लामा गए सोमवार साँझ ट्र्याक्टरको ठक्करले एकजना साइकल सवारको मृत्यु भयो। घटनापछि आक्रोशित स्थानीय मानिसहरूले सड़क जाम गरेर विरोध प्रदर्शन गरे। मृतकको पहिचान अजित चक्रवर्ती (64)- को रूपमा भएको छ जो भादुतला क्षेत्रका निवासी थिए।
पुलिस अनुसार दुर्घटना 60 नम्बर राष्ट्रिय राजमार्गमा शालबनी थाना क्षेत्रको भादुतला क्षेत्रमा भएको हो।
भनिन्छ, वृद्ध चक्रवर्ती साँझ साइकल मार्फत घर फर्किरहेका थिए, अचानक एउटा ट्र्याक्टरले उनलाई ठक्कर दियो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो। घटनाको विरोधमा स्थानीय मानिसहरूले भादुतला-पिड़ाकाटा राज्य सड़क तथा मेदिनीपुर-बाँकुड़ा राष्ट्रिय राजमार्गलाई जाम गरिदिए। प्रदर्शनकारीरूले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा ट्र्याक्टर चालकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरे।
सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर मानिसहरूलाई सम्झाई-बुझाई पथावरोधलाई हटायो। पुलिसले शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा