न्यू टाउनस्थित रेजिडेन्शियल कम्प्लेक्समा दूषित पानीको समस्या, तीन सयभन्दा अधिक बासिन्दाहरू झाड़ा-पखालाद्वारा पीड़ित
न्यू टाउनस्थित रेजिडेन्शियल कम्प्लेक्समा दूषित पानीको समस्या, तीन सयभन्दा अधिक बासिन्दाहरू झाड़ा-पखालाद्वारा पीड़ित


कोलकाता, 17 फरवरी (हि.स.)। मध्यप्रदेशको इन्दौर र हरियाणाको पलवलपछि अब कोलकाताको न्यू टाउनस्थित एक आवासीय परिसरमा दूषित पानीको सिकायत सामु आएको छ। आरोप छ, पछिल्लो तीन सातादेखिको परिसरको ई- ब्लकका तीन सयभन्दा अधिक बासिन्दाहरू झाड़ा-पखलाबाट ग्रस्त भएका छन्। यीमध्ये कतिपयको अवस्था गम्भीर रहेकोले अस्पतालमा भर्ती गरिएको छ।

आवासमा मोठ 522 मानिसहरू बस्छन्। प्रभावित मानिसहरूको दाबी छ, लगभग हरेक फ्ल्याटमा न्यूनतम पनि एकजना पेट दुख्ने, वान्ता हुने तथा तीव्र ज्वरोको प्रकोपसित जुझिरहेको छ। उनीहरूको आरोप छ, ओभरहेड ट्यांकको समुचित हेरचाहमा लापरबाही भएको कारणले पानी दूषित भएको हो। धेरै पटक सिकायत गर्दा पनि प्रबन्धनको पक्षबाट कुनै ठोस कदम उठाइएको छैन।

यहाँ बस्ने एकजना व्यक्तिले बताए, उनका दुई छोरीहरू अस्पतालमा भर्ती छन् र चिकित्सकहरूले दूषित पानीलाई बिमारीको कारम बताएका छन्। उनको भनाइ छ, कल खोल्नसाथ दुर्गन्धित पानी आउँछ। यसरी नै अर्को निवासीले बताए, लगभग हरेक घरमा कोही न कोही बिमार छन् यो संयोग हुनै सक्दैन।

स्थितिबाट असन्तुष्ट यहाँका बासिन्दाहरूले टेक्नोसिटी थानामा सिकायत दर्ता गराए। त्यसपछि पुलिसले परिसरको भ्रमण गरी सुविधा प्रबन्धनलाई तत्काल आवश्यक कदम उठाउने निर्देश दियो।

मामिलाबारे जानकारी पाउनसाथ न्यू टाउन कोलकाता डेभलपमेन्ट अथोरिटी (एनकेडीए) पनि सक्रिय भएको छ। तथापि एनकेडीएका एक जना अधिकारीले दाबी गरे, पछिल्लो सातासम्म पानी परीक्षण रिपोर्टमा कुनै पनि प्रकारको प्रदूषणको संकेत पाइएको थिएन। उनले भने, सप्ताहिक रूपमा पानीको गुणस्तर जाँच गरिन्छ। सिकायत पाएपछि पुनः नमूना एकत्र गरिएको छ। अब जाँच गरिनेछ कि समस्या पानी आपूर्तिको हो वा अतिरिक्त जल भण्डारण व्यवस्थाको। हाल जाँच जारी छ र स्वास्थ्य विभागले पनि स्थितिमाधि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande