
रायगढ़ 17 फ़रवरी (हि.स.)। वरिष्ठ पुलिस अधीक्षक शशि मोहन सिंहको निर्देशमा रायगढ़मा थाना चक्रधर नगर र साइबर थानाको संयुक्त टीमले गए सोमवार अबेर सांझ अनलाइन सट्टा संचालन गर्ने गिरोहको भण्डाफोर गरेको छ। टीमले बोइरदादर इण्डस्ट्रियल एरियास्थित श्याम फिनाइल उद्योगमा छापा मारेर अनलाइन क्रिकेट सट्टा संचालन गर्ने दुई जना मानिसरूलाई पक्राउ गऱ्यो।
पुलिसलाई सुराकीबाट सूचना प्राप्त भएको थियो, उक्त स्थानमा विकास अग्रवाल नामक व्यक्तिले मोबाइल फोनको माध्यमबाट सोमवार भइरहेको क्रिकेट वर्ल्ड कपको इंगल्याण्ड र इटलीको म्याचमाथि अनलाइन सट्टा खेलाइरहेको छ। त्यसपछि चक्रधरनगर र साइबर सेलको टीमले तत्काल घेराबन्दी गरेर घटनास्थलमा छापा माऱ्यो जहाँ विकास अग्रवाल र उसित रहेको विनय अग्रवाललाई फ्याक्ट्रीको अर्को कोठामा बसेर तीन वटा मोबाइलको माध्यमबाट अनलाइन सट्टा संचालन गरिरहेको पाइयो।
जाँचबुझमा आरोपी विकास अग्रवालले आफ्नो साथी विनय अग्रवाल र गगन अग्रवाल निवासी खरसियासित मिलेर सट्टाको कारबार संचालन गरिरहेको कुरा स्वीकार गऱ्यो। आरोपी विकास अग्रवालबाट वन प्लस मोबाइल फोन र एउटा एप्पल फोन जफत गरियो जसको उपयोग सट्टाबाजीमा गरिरहेको थियो। उबाट दुई हजार रुपियाँ पनि जफत गरियो। यसरी नै दोस्रो आरोपी विनय अग्रवालको कब्जाबाट ओप्पो कम्पनीको मोबाइल फोन जपत गरियो जसमा अनलाइन सट्टा वेबसाइट लगअन गरेको पाइयो। आरोपीहरू विरूद्ध चक्रधर नगरमा अपराध पञ्जीकरण गरी वैधानिक कारबाही गरिएको छ। यिनीहरूको साथी सट्टा संचालक गगन अग्रवाल भागेको छ जसलाई पुलिसले खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा