
हुगली, 17 फरवरी (हि.स.)। जिल्लाको रिषड़ामा मैत्री पथ संलग्न यूनाइटेड भेजिटेबल कारखानाको मैदानमा मैला-कुचैला जलाएको कारणले फैलिरहेको विषाक्त ग्यासको समस्यालाई लिएर अब रिषड़ा नगरपालिकाले कड़ा नीति अप्नाउँदै ठोस कारबाही शुरू गरेको छ। पछिल्लो लामो समयदेखिक स्थानीय मानिसहरूले धुँवा, दुर्गन्ध तथा श्वास-प्रश्वाससित सम्बन्धित सिकायतहरू गर्दै आएका थिए। अब नगरपालिकाले यो समस्याको जड़मै प्रहार गर्दै मैदानको चारैतिर अग्लो-अग्लो फेन्सिंग लगाउने काम शुरू गरेको छ।
स्थानीय सूत्र अनुसार खुल्ला मैदानमा बाहिरका मानिसहरूले घरेलु तथा औद्योगिक मैला-कुचैलाहरूलाई फाल्ने गर्दथे जसलाई पछि जलाइन्थ्यो। यसबाट निक्लेको धुँवाले वरपरका क्षेत्रहरूमा फैलिएर मानिसहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको थियो।
रिषड़ा नगरपालिकाले टीनको च्यादरले सम्पूर्ण मैदानलाई घेरिरहेको छ ताकि कसैले पनि भित्र मैला फाल्न नसकोस्। मैदान संलग्न सड़कमा सीसीटीभी क्यामरा जड़ान गरिएको छ भने दुईजना कर्मीहरूलाई स्थायी निगरानीको लागि तैनाथ गरिनेछ।
नगरपालिकाका चेयरम्यान विजय सागर मिश्राले मंगलवार बताए, नगरपालिकाले उक्त मैदानलाई सम्म बनाउने चेष्टा गर्दा जमीन मालिकले कानूनी नोटिस पठायो। तर रिषड़ाका नागरिकहरूको हित सर्वोपरि हो। त्यसैले मैदानलाई चारैतिरबाट घेराउ गरिँदैछ। अब कुनै पनि स्थितिमा मैला जलाउने अनुमति दिइनेछैन। उनले चेताउनी दिए, मैला फाल्ने वा जलाउनेहरूविरूद्ध कठोर कारबाही हुनेछ विशेष गरी बाहिरबाट ल्याएर औद्योगिकी फोहोर फाल्नेहरूमाथि।
नगरपालिकाको यस पहलबाट क्षेत्रवासीलाई राहत पाउने आशा छ। मानिसहरूको भनाइ छ, यदि फेन्सिंग, क्यामरा र निगरानी कड़ा भयो भने विषालु ग्यासको समस्यामाथि स्थायी नियन्त्रण सम्भव हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा