बालुवा लोड गरिएको डम्पर जफत, चालक पक्राउ
बालुवा लोड गरिएको डम्पर जफत, चालक पक्राउ


अलीपुरद्वार, 17 फरवरी (हि.स.)। जिल्लाको फालाकाटाको बंकिमघाट पुल दुर्घटनाबाट पाठ सिकेर पुलिसले कड़ाई गरेको छ। सोमवार राति खण्डको हरिनाथपुर गाउँको सड़कमा छापा मारेर बालुवा लोड गरिएको डम्पर नियन्त्रणमा लिएको छ। साथै चालक पनि पक्राउ परेको छ। पक्रा परेको अभियुक्तको नाम जरिबुल आलम हो, जो मदारीहाट क्षेत्रको निवासी हो।

वस्तुतः केही दिनअघि फालाकाटाको मुजनाई नदी स्थित बंकिमघाटको एउटा पुरानो पुल बालुवा लोड गरिएको डम्पर चड्दा भत्किएको थियो। त्यसयता पुलिसले ग्रामीण सड़कमा डम्पर आवाजाही रोक्न निगरानीमा कड़ाइ गरेको थियो। दिउँसो डम्परको आवाजाहीमा धेरै हदसम्म नियन्त्रण भएपनि केही डम्पर रातको अँध्यारोमा गाउँका सड़कमा गुड्ने गरेको गुनासो आएको छ।

गोप्य सूचनाका आधारमा पुलिसले सोमवार मध्यरातमा हरिनाथपुर गाउँमा अपरेशन गऱ्यो। त्यही क्रममा गाउँको स़कबाट बालुवा लोड गरिएको डम्पर भेटियो। अनुसन्धानका क्रममा चालकसँग बालुवा सम्बन्धी वैध आवश्यक कागजात भेटिएन। त्यसपछि गाड़ीलाई जफत गरी चालकलाई पक्राउ गरियो। पुलिसले कुनैपनि हालतमा गाउँका सड़कमा डम्पर चलाउन नदिने स्पष्ट पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande