
सोनादा, 17 फरवरी (हि.स.)। विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सहयोग गरेकोमा रंगबुल उच्चतर माध्यमिक विद्यालयको तर्फबाट गोर्खा सहयात्री संघ इजरायललाई हार्दिक धन्यवाद दिइएकाे छ। यस संस्थाले विपन्न विद्यार्थीहरूका लागि आशाको किरणको रूपमा काम गर्दै आएकाे छ।
यस वर्ष यस संस्थाको सहयोगमा रंगबुल उच्चत्तर माध्यमिक विद्यालयकी कक्षा 10 की प्रतिभाशाली छात्रा अञ्जना सुब्बालाई 8250 (आठ हजार दुई सय पचास) रुपियाँको छात्रवृत्ति प्रदान गर्न सक्षम बनाएको छ। रंगबुल उच्चतर माध्यमिक विद्यालय परिवारले भनेकाे छ, यसले सकारात्मक परिवर्तनलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। हामी उनीहरूको परोपकार र समर्पणको लागि गहिरो ऋणी छौं।
हिन्दुस्थान समाचार / हनोक