
जलपाईगुड़ी, 17 फरवरी (हि.स.)। राज्यका जनकल्याणकारी योजनाहरूको प्रचार-प्रसार तथा मानिसहरूलाई जागरूक गराउने उद्देश्यले जिल्लाको राजगञ्ज ब्लकमा विशेष ट्याब्लो वाहनहरूको शुरूआत गरिएको छ। मंगलवार राजगञ्ज ब्लकको बीडीओ कार्यालय निकट फायर ब्रिगेड ग्राउण्डबाट उक्त ट्याब्लोहरूलाई प्रस्थान गराइयो।
एडीएम रौनक अग्रवाल, जि्लाला परिषदका सभाधिपति कृष्णा राय बर्मन, विधायक खगेश्वर राय, राजगञ्ज पंचायत समितिकी अध्यक्ष रूपाली दे सरकार तथा बीडीओ सौरभ कान्ती मण्डलले ट्याब्लोहरूलाई हरियो झण्डा देखाएर शुभारम्भ गरे। यस विशेष ट्याब्लो वाहनको माध्यमबाट युवा साथी, लक्ष्मी भण्डार सहित विभिन्न सरकारी योजनाहरूको जानकारी आम मानिसहरूसम्म पुऱ्याइनेछ।
एडीएम रौनक अग्रवालले बताए, यी योजनाहरूप्रति मानिसहरूमा जागरूकता बढ़ाउने उद्देश्यले यस्तो पहल गरिएको हो। यी ट्याब्लोहरूले आगामी 26 फरवरीसम्म सम्पूर्अण जिल्लाको प्रत्येक ब्लकको भ्रमण गर्नेछन् अनि मानिसहरूलाई योजनाहरूको लाभ एवं आवेदन प्रक्रिया बारे जानकारी गराउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा