
मेदिनीपुर, 17 फरवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको शालबनी थाना क्षेत्रमा मंगलवार बिहान उच्च माध्यमिक परीक्षा दिन गइरहेका तीन जना परीक्षार्थीहरू सड़क दुर्घटनामा घाइते भए। पुलिसले तत्परता देखाउँदै घाइतेहरूलाई अस्पतालमा पुऱ्यायो अनि पछि परीक्षा केन्द्रसम्म पुऱ्याउने व्यवस्था गरियो।
पुलिस सूत्रअनुसार घाइते विद्यार्थीहरू क्रमैले मिथुन सिंह, शिवम बाग औ उज्ज्वल पात्र तीनै शालबनीको खान्दिबाँध कोकिलमणि हाईस्कूलका छात्रहरू हुन् जो मंगलवार बिहान लगभग साढ़े नौ बजे बाइकमा परीक्षा केन्द्र तर्फ गइरहेका थिए। मानकुड़ी क्षेत्रमा पुगेपछि अचानक चालकले नियन्त्रण गुमायो जसबाट बाइक अनियन्त्रित भएर सड़कमा पल्टियो। यस घटनामा तीनै छात्र घाइते भए।
घटनाबारे सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि पुलिसलाई खबर दिए। शालबानी थानाको पुलिसले तत्काल घटनास्थलमा पुगेर घाइतेहरूलाई निकटवर्ती अस्पतालमा भर्ती गरायो जहाँ प्राथमिक उपचार गरेपछि शिवम र उज्जवललाई परीक्षा केन्द्रमा पठाइयो भने मिथुनलाई अपेक्षाकृत अधिक चोट लागेको कारणले पहिला अस्पतालबाटै परीक्षा दिने व्यवस्था गरियो अनि पछि उसलाई पनि परीक्षा केन्द्रमा पुऱ्याइयो।
उच्च माध्यमिक शिक्षा परिषदको जिल्ला मनिटरिंग कमिटीका संयुक्त आह्वायक रामजीवन मांडीले घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भने, परीक्षार्थीहरू यसरी बाइकमा परीक्षा दिन जानु हुँदैन। उनले सन्तोष व्यक्त गरे, ठूलो दुर्घटना भएन। परिषदको पक्षबाट पुलिसलाई हरसम्भव सहयोग दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा