
सिलगढ़ी, 17 फरवरी (हि.स.)। विधानसभा चुनाउअघि पुलिसले ठूलो कारबाही गरेको छ। प्रधाननगर थानाको पुलिस टोलीले नाका चेकिङको क्रममा देशी पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको अभियुक्तको पहिचान मोहम्मद फिरोजको रुपमा भएको छ।
सोमवार राति सर्कीट हाउस मोड़ नजिकै अटोमा यात्रु बनेर हिँड़ेको एक युवकको खोजीको क्रममा कम्मरबाट एक देशी पेस्तोल र एक जिउँदो कारतूस जफत भयो। प्रारम्भिक अनुसन्धानमा उलले चेकपोष्टबाट जंक्शन क्षेत्रमा हतियार पुर्यादउन लागेको खुलासा भएको छ। पुलिसले आरोपी विरुद्ध हातहतियार अधिनियम अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी