
गान्तोक, 17 फरवरी (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले प्रदेशवासीहरूलाई लोसर पर्वको हार्दिक शुभकामना दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा तिब्बती नयॉं वर्षको पर्व लोसर नयॉं उमङ र आकांक्षाहरूको प्रतीक रहेको बताएका छन्।
राज्यपालले भने, धार्मिक, सामाजिक र आध्यात्मिक दृष्टिकोणबाट हाम्रा लागि चाडपर्वहरूको विशेष महत्त्व छ। पर्वहरू हाम्रा सांस्कृतिक विरासतहरूलाई एक पुस्तादेखि अर्को पुस्तासम्म पुऱ्याउने माध्यम हुन्। राज्यपालले सिक्किमका नागरिकहरूलाई आफ्नो संस्कृतिलाई संरक्षित एवं संवर्धित गर्न र अन्य संस्कृतिहरूको सम्मान गर्दै सामूहिक सद्भाव कायम राख्न अनुरोध गरेका छन्।
राज्यपालले यस अवसरमा हाम्रो समग्र संस्कृतिलाई अझ धेरै समृद्ध बनाउन् र सबै सिक्किमवासीहरूबीच सुख, शान्ति र समृद्धिको सञ्चार गरुन् भनी कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल