
चण्डीगढ़, 17 फरवरी (हि.स.)। राजधानी चण्डीगढ़ छेउ मोहालीमा फेरि एकपटक विद्यालयहरूलाई बमबाट उडाउन धम्की प्राप्त भएको छ। मंगलबार बिहान आएको उक्त धम्कीपछि विद्यालयहरूमा हलचल मच्चिएको छ। आजै सीबीएसई तथा अन्य कक्षाका परीक्षाहरू पनि शुरु भएका छन्।
मोहालीका जुन विद्यालयहरूलाई धम्की दिइएको छ, ती सबै फोर्टिस हार्ट हस्पिटल वरपर अवस्थित छन्। फोर्टिस अस्पतालमा पञ्जाबका मुख्यमन्त्री भगवन्त मान उपचाररत छन्। उनी सोमबार राति पुनः त्यहाँ भर्ना भएका छन्।
विद्यालयलाई बमले उडाउन धम्की आएको सूचना प्राप्त हुनासाथ पुलिस घटनास्थलमा पुगेको थियो र विद्यालयहरू खाली गराइएको छ। बिहान लगभग ८:३० बजी प्राप्त ईमेलमा विद्यालयसँगै फोर्टिस अस्पतालको पनि उल्लेख गरिएको थियो। इमेल आएपछि फेज-२ स्थित ज्ञान ज्योति स्कूलमा बिदा घोषणा गरिएको छ भने फोर्टिस अस्पतालको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
पुलिसले हालसम्म यस विषयमा कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। जानकारीअनुसार “खालिस्तान नेशनल आर्मी” को नाममा उक्त धम्की दिइएको बताइएको छ। यसअघि पनि मोहाली र चण्डीगढ़मा यस्तै प्रकारका धम्कीहरू प्राप्त भएका थिए, जुन पछि झुटो सावित भएका थिए। तथापि, पञ्जाब पुलिसले सतर्कता अपनाउँदै सम्पूर्ण घटनाको गम्भीरतापूर्वक जांच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी