प्रधानमन्त्रीले भने, एआई जस्ता प्रविधि समाजकल्याणका लागि प्रयोग हुँदा मात्र सार्थक
pm modi


नयाँ दिल्ली, 17 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बुद्धिमत्ता, तार्किकता र निर्णय क्षमतालाई विज्ञान तथा प्रविधिलाई जन-जनसम्म उपयोगी बनाउने आधारका रूपमा उल्लेख गरे। उनले कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उन्नत प्रविधिहरू समाजको व्यापक कल्याणका लागि प्रयोग भएमा मात्र सार्थक हुने बताए।

‘इन्डिया एआई इम्प्याक्ट समिट’ को उल्लेख गर्दै प्रधानमन्त्रीले भने, उक्त शिखर सम्मेलनको मुख्य उद्देश्य आर्टिफिसियल इन्टेलिजेन्सलाई सर्वजन हितका लागि प्रभावकारी रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित छ। उनले स्पष्ट पारे, भारत प्रविधिलाई मानव-केन्द्रित दृष्टिकोणसहित अगाडि बढाइरहेको छ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा संस्कृत सुभाषित साझा गर्दै बुद्धिका गुणहरूको चर्चा गरेका छन्,

“शुश्रूषा श्रवणं चैव ग्रहणं धारणां तथा।

ऊहापोहोऽर्थविज्ञानं तत्त्वज्ञानं च धीगुणाः॥”

यस सुभाषितको अर्थ हो, सिक्ने इच्छा, ध्यानपूर्वक सुन्ने क्षमता, सही ढंगले बुझ्ने, त्यसलाई आत्मसात् गर्ने, तर्क-वितर्क गर्ने, अर्थको गहिरो समझ र सत्यको ज्ञान-यी सबै ‘धी’ अर्थात् बुद्धिका गुणहरू हुन्।

उनले एआईको विकास र यसको जिम्मेवार प्रयोगका लागि पनि यिनै गुण आवश्यक रहेको बता। केवल प्राविधिक दक्षता मात्र पर्याप्त नहुने र विवेक, नैतिकता तथा समाजहितको भावना पनि उत्तिकै आवश्यक हुने उनको भनाइ थियो।

प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा एआईमार्फत सकारात्मक परिवर्तन ल्याएर भारतले प्रविधिलाई जनकल्याणको सशक्त माध्यम बनाउने विश्वास व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande