
गान्तोक, 17 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आजदेखि शुरू भइरहेको सीबीएसई १०औं र १२औं बोर्ड परीक्षाका परीक्षार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई शान्त रहन, ध्यान केन्द्रित गर्न र प्रत्येक प्रश्नपत्रलाई स्पष्टता र आत्मविश्वासका साथ गर्न प्रोत्साहित गरेका छन्।
मुख्यमन्त्रीले मंगलवार बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा सीबीएसई कक्षा १०औं र १२औं को बोर्ड परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो शैक्षिक यात्राको यो महत्त्वपूर्ण चरणमा प्रवेश गरिरहॅंदा विद्यार्थीहरूलाई आफुले गरेका कडा परिश्रम र प्राप्त ज्ञानमा विश्वास गर्न उनले प्रोत्साहित गरेका छन्। उनले विद्यार्थीहरूलाई शान्त रहन, ध्यान केन्द्रित गर्न र प्रत्येक प्रश्नपत्रलाई स्पष्टता र आत्मविश्वासका साथ गर्न सुझाउ दिएका छन्।
मुख्यमन्त्रीले विद्यार्थीहरूलाई सबै प्रश्नहरूको साहसका साथ सामना गर्न, आफ्नो सर्वोत्तम प्रयास गर्न र आत्मविश्वासी बन्न प्रेरित गरेका छन्। उनले सबै विद्यार्थीहरूको उत्कृष्ट सफलता तथा उपलब्धि, वृद्धि र नयाँ अवसरहरूले भरिपूर्ण भविष्यको कामना गरेका छन्।
उल्लेखनीय छ, केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) को १०औं र १२औं बोर्ड परीक्षा मंगलबारदेखि शुरु भइरहेको छ। यी परीक्षाहरूका लागि देशभरि कुल १५,६४९ केन्द्रहरू स्थापना गरिएको छ।
१०औं परीक्षाका लागि कुल २५,०८,३१९ परीक्षार्थीहरू छन् जसमा १४,०८,५४६ छात्रहरू र १०,९९,७७३ छात्राहरू छन्। यसरी नै १२औं कक्षाका लागि १८,५९,५५१ परीक्षार्थीहरू छन् जसमा १०,२७,५५२ छात्रहरू र ८,३१,९९९ छात्राहरू सामेल छन्।
हिन्दुस्थान समाचार / बिशाल