
कटिहार, 17 फरवरी (हि.स.)। जिल्लाको सेमापुर थाना क्षेत्रको मोहनचन्दपुर गाउँमा सोमवार राति एक महिलाको गोली हानी हत्या गरिएको छ। मृतकको पहिचान 28 वर्षीया शरीफा खातुन रहेको छ। हत्याको घटनामा पति एहतसम हुसेनलाई मार्ने योजना रहेको पुलिसले बताएको छ तर अन्धकारमा आक्रमणकारीले शरीफालाई एहातसम भएको ठानेर गोली हानेको छ।
पुलिस अधीक्षक शिखर चौधरीले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै विशेष टोली गठन गरी अभियुक्तलाई पक्राउ गर्न छापा मारिरहेको बताए। उनले प्रारम्भिक अनुसन्धानमा यो घटना पारिवारिक विवादमा भएको देखिएको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी