
नयाँ दिल्ली, 18 फ़रवरी (हि.स.)। बाहिरी जिल्ला पुलिसले ‘दिल्ली पुलिस सप्ताह–2026’ अन्तर्गत स्कूलहरूमा रचनात्मक कार्यक्रम आयोजना गरेर पुलिस अनि युवाहरूबीचको सम्बन्धलाई प्रगाढ़ बनाउनले पहल गऱ्यो। बाहिरी जिल्लाका पुलिस उपायुक्त सचिन शर्माले बुधवार बताए, यस वर्षको कार्यक्रमको थीम रह्यो “रचनात्मकता औ समुदायको साझेदारीबाट भरोसे निर्माण हुन्छ”।
चित्रकला प्रतियोगितामेा देखियो उत्साह-
पुलिस उपायुक्त अनुसार पश्चिम विहार इस्ट थाना क्षेत्रको सर्वोदय को-एड सीनियर सेकेण्डरी स्कूल औ गभरमेन्ट को-एड सीनियर सेकेण्डरी स्कूलमा चित्रकला प्रतियोगिता आयोजना गरियो। प्रतियोगिताको विषय थियो “नो योर पुलिस” औ “पुलिससित तिहार”। प्रतियोगितामा विद्यार्थी नानीहरूले व्यापक रूपमा भाग लिएर आफ्नो पेन्टिंगको माध्यमबाट पुलिसको भूमिका, जनसहभागिता तथा सुरक्षाको सन्देशलाई सुन्दर ढंगमा प्रसतुत गरे। चित्रहरूमा भरोसा, सुरक्षा औ पुलिस–जनताको साझेदारी स्पष्ट देखियो।
यस अतिरिक्त निबन्ध प्रतियोगिता पनि आयोजना गरियो। पुलिस उपायुक्त अनुसार रानी बाग थाना क्षेत्रको जीएसवी, सी-ब्लक, सरस्वती विहारमा निबन्ध प्रतियोगिता आयोजना गरियो। विद्यार्थीहरूले कानून-व्यवस्थालाई कायम राख्न, जन सुरक्षा सुनिश्चित गर्न तथा समाजसित पुलिसको सहभागितमाथि आफ्नो विचार राखे। पुलिस अधिकारीहरूको भनाइ छ, यस प्रकारको कार्यक्रमको उद्देश्य बाल-बालिकाहरूलाई पुलिसको कार्यप्रणालीबारे अवगत गराउनु अनि उनीहरूको मनमा विश्वास उत्पन्न गराउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा