
कोकराझार (असम), 18 फरवरी (हि.स.)। भारत निर्वाचन आयोगको निर्देश तथा मुख्य निर्वाचन अधिकारी, असमद्वारा जारी पत्र अनुसार कोकराझार जिल्ला प्रशासनद्वारा चुनावी तयारीहरू अन्तर्गत ईभीएम तथा भीभीप्याट मशिनहरूको अतिरिक्त प्रथम स्तरीय जाँच (एडिशनल एफएलसी) आयोजना गरिनेछ।
यो कार्यक्रम कोकराझार शहरको गान्धी पार्क, चिल्ड्रेन पार्क नजिकै अवस्थित ईभीएम-भीभीप्याट वेयर हाउसमा आगामी 21-देखि 23 फरवरीसम्म प्रतिदिन बिहान 9 बजेदेखि साँझ 7 बजेसम्म संचालन गरिनेछ। यस प्रक्रिया अन्तर्गत कोकराझार जिल्लाका पाँच वटा विधआनसभा क्षेत्रहरू क्रमैले गोसाई गाउँ, डोटमा (एसटी), कोकराझार (एसटी), बाओखुंगरी तथा पर्वतझोराको ईभीएम एवं भीभीप्याट मशिनहरूको जाँच गरिनेछ। जाँच कार्य असमका मुख्य निर्वाचन अधिकारी कार्यालयद्वारा तैनाथ ईसीआईएल इञ्जीनियरहरूको टीमद्वारा सम्पन्न गरिनेछ। सम्पूर्ण प्रक्रियाको निगरानी एफएलसी पर्यवेक्षक तथा अतिरिक्त उपायुक्त (निर्वाचन), कोकराझार स्म्ति बंती तालुकदारको पर्यवेक्षणमा गरिनेछ।
प्रशासनद्वारा बताइएको छ, जाँच कार्य भारत निर्वाचन आयोगको दिशा-निर्देश अनुरूप पारदर्शिता, सठीकता एवं स्वतन्त्र र निष्पक्ष चुनाउ सुनिश्चित गर्ने उद्देश्यले गरिनेछ। आवश्यक कार्मिक, लजिस्टिक एवं सुरक्षा सम्बन्धी सबै व्यवस्थाहरू पूर्ण गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा