असममा भूपेन बोराको विद्रोहलाई गौरव गोगोईले दिएनन् महत्व
असममा भूपेन बोराको विद्रोहलाई गौरव गोगोईले दिएनन् महत्व


गुवाहाटी, 18 फरवरी (हि.स.)। असमको राजनीतिमा खैलाबैला त्यसबेला तीव्र भयो जतिबेला राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले घोषणा गरे, पूर्व असम प्रदेश कंग्रेस अध्यक्ष भूपेन बोरा आगामी 22 फरवरीमा भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुनेछन्। यस बयान पश्चात असम प्रदेश कंग्रेस समिति (एपीसीसी) -का अध्यक्ष गौरव गोगोईले कड़ा प्रतिक्रिया व्यक्त गरे।

बुधवार सम्वाददाता सम्मेलनमा गौरव गोगोईले भने, अतीतमा जुन नेताहरू भाजपामा गए, उनीहरू आफ्नो राजनीतिक करियरमा “अमहत्वपूर्ण” बन्न पुगेका छन्। उनले दाबी गरे, भूपेन बोरासित पनि यस्तै स्थिति हुनेछ।

उनले भने, “हामीले सर्बानन्द सोनोवाल र अन्य केही नेताहरूको उदाहरण देखिसकेका छौं। असम गण परिषद (अगप) विलुप्त हुने स्थितिमा पुगेको छ। यस्तो स्थितिमा मलाई विशेष रूपमा बोरा भाजपामा सामेल हुने विषयमा अधिक भन्नुपर्ने आवश्यकता छैन।”

गोगोईले आरोप लगाए, यस वर्ष 2026- को विधानसभा चुनाउ “वास्तविक कंग्रेस र पुरानो कंग्रेस” बीच हुनेछ। उनले भने, भाजपा अब पूर्व कंग्रेस नेताहरूले भरिएको छ जो 15 वर्षको कंग्रेसको शासनकालमा कथित रूपमा भ्रष्ट थिए।

गौरव गोगोईले मुख्यमन्त्रीको त्यो बयानमाथि पनि प्रतिक्रिया व्यक्त गरे जसमा डा. सरमाले बोरालाई कंग्रेसमा “अन्तिम हिन्दू नेता” बताएका थिए। गोगोईले प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीलाई “असमको जिन्ना” बताए अनि भने, उनले राजनीतिक दलहरूलाई “हिन्दू प्रमाण पत्र” दिनु बन्द गर्नुपर्छ।

बोराको राजीनामाको सम्भावित राजनीतिक प्रभाव त्यति नहुने बताउँदै गोगोईले भने, कंग्रेस एक संगठित रूपमा मजबुत छ। उनले भने, “कंग्रेस समुद्र जस्तै छ, हामी सबै त्यस समुद्रको पानीको केवल एक थोपा हौं। पार्टी हाम्रा पूर्खाहरूभन्दा पनि पहिलाबाटै अस्सित्वमा थियो। एकजना नेता जाँदैमा हाम्रो चुनावी सम्भावनाहरूमा कुनै प्रभाव पर्नेछैन।”

विपक्षका नेता देबब्रत सैकियाले पनि यस्तै भने। उनले भने, पार्टीको पहिचान कुनै एकजना व्यक्तिभन्दा ठूलो कुरा हो। उनले भने, “हामीलाई एक भोटसे हारेको अनुभव छ, त्यसैले हरेक मतदातालाई आकर्षित गर्न आवश्यक छ। पार्टीप्रति निष्ठा देखाउन आवश्यक छ। कुनै एकजना नेता जाँदैमा पार्टीले सबै गुमाउँदैन। जनताले हामीलाई सम्झिनेछन्, पदलाई होइन।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande