
गुवाहाटी, 18 फरवरी (हि.स.)। असम प्रदेश कंग्रेस समिति (एपीसीसी)- का पूर्व अध्यक्ष भूपेन कुमार बोराले असम कंग्रेसभित्र नेतृत्व तथा संगठनात्मक शक्तिको परिप्रेक्ष्यमा ठूलो बयान दिएका छन्। उनले भने, गौरव गोगोई अब असम कंग्रेसका मात्र अनुहार हुन् जबकि पार्टीको वास्तविक सांगठनिक शक्ति रकिबुल हुसैनसित छ।
बोराले धुबड़ीबाट सांसद रकिबुल हुसैनको चुनावी प्रदर्शनको उल्लेख गर्दै भने, उनको भारी जीतको अन्तर यस कुराको प्रमाण हो कि पार्टीको जनाधार र संगठनात्मक मजबुती कहाँ केन्द्रित छ। उनले संकेत दिए, हुसैनको लोकप्रियता तथा प्रभावले पार्टीभित्र उनको मजबुत स्थितिलाई दर्शाउँछ।
भूपेन बोराले बताए, कंग्रेस नेतृत्वलाई आफ्नो राजीनामा सुम्पिएपछि राहुल गान्धीले उनलाई व्यक्तिगत रूपमा फोन गरे। यी दुई नेताबीच वर्ष 2007-देखिको सम्बन्ध तथा पार्टीको लागि गरिएका कार्यहरूमाथि विस्तृत चर्चा भयो, तर उनको राजीनामाको विषयमा कुनै कुरा भएन।
उल्लेखनीय छ, यसअघि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले घोषणा गरेका थिए, भूपेन बोरा आगामी 22 फरवरीमा औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुनेछन्। यस घोषणापछि बोराले मुख्यमन्त्री आवासमा उनीसित भेट गरे जहाँ दुई नेताबीच भविष्यको राजनीतिक रणनीति तथा सम्भावित भूमिकामाथि विस्तार पूर्वक चर्चा भयो।
राजनीति जानकारहरूको मान्यताछ, भपेन बोराको यस बयानले असमको राजनीतिमा नयाँ खैलाबैला ल्याउनेछ। कंग्रेसभित्र नेतृत्व र संगठनात्मक सन्तुलनलाई लिेर प्रश्न उठिरहेको छ भने अर्कोतिर बोरा भाजपामा सामेल हुनाले राज्यको राजनीतिक समीकरणमा पनि प्रभाव पर्ने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा