
गुवाहाटी, 18 फरवरी (हि.स.)। असम सरकारले बुधवार असम शिक्षा (शिक्षकहरूको सेवाको प्रान्तीयकरण औ शैक्षणिक संस्थानहरूको पुनर्गठन) अधिनियम, 2017 अन्तर्गत उद्यम शैक्षणिक संस्थानहरूको प्रान्तीयकरणलाई व्यवहारिक बनाउनको लागि अनलाइन पोर्टल लञ्च गऱ्यो।
प्रान्तीयकरण प्रबन्धन प्रणाली (पीएमएस 1.0) नामक पोर्टललाई उच्च औ स्कूल शिक्षा विभागद्वारा विकसित गरिएको हो। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले डिजीटल प्लेटफर्मको उद्घाटन गर्दै भने, यो पहल पात्र स्कूल तथा कलेजहरूको प्रान्तीयकरणको लामो समयदेखि लम्बित मुद्दालाई हल गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।
उनले भने, `हाम्रो उद्देश्य स्पष्ट छ कि हामी प्रक्रियालाई जटिल बनाउन चाहँदैनौं। वर्ष 2006 पूर्व स्थापित स्कूल अनि कलेजहरूलाई नै मानिनेथष संस्थानहरूले पोर्टलको माध्यमबाट दस्तावेजी प्रमाण गर्नुपर्छ। यसमा विश्वविद्यालयको अनुमति, मान्यता, परीक्षा रेकर्ड, प्राधिकारीसित गरिएको पत्राचार वै कुनै सरकारी अधिकारीको कुनै आधिकारिक उत्तर सामेल हुनसक्छ। जसले आफ्नो स्थापनापूर्व वर्ष 2006-लाई प्रमाणित गर्नसक्छ, उनीहरू पात्र हुनेछन्।
उनले भने, 2011 सालमा उनी शिक्षा मन्त्री हुँदा सरकारले उद्यम संस्थानहरूमा शिक्षकहरूलाई प्रान्तीय बनाउनको लागि ठूलो प्रयास गरेकोथियो। त्यसताक 21,957 प्राथमिक, 14,036 मध्य औ 3,180 उच्च विद्यालयका शिक्षकहरूलाई प्रान्तीय बनाइयो। पछि वर्ष 2017-को कानून अन्तर्गत 9,895 प्राथमिक शिक्षक, 5,345 मध्य विद्यालय शिक्षक औ 1,746 कलेज शिक्षक र प्राध्यापकलाई यस प्रणालीसित जोड़ियो। डा. सरमाले भने, पोर्टलको माध्यमबाट सबमिट गरिएका सबै डेटाको कुनै पनि निर्णय लिनपूर्व पूर्ण रूपमा जाँच गरिनेछ।
वित्त मन्त्री अजन्ता नियोगद्वारा प्रस्तुत राज्य बजटको उल्लेख गर्दै डा, सरमाले भने, केही शिक्षकहरू पहिला प्रमाणपत्रको अभाव वा योग्यतासित सम्बन्धित मुद्दाहरूको कारणले प्रान्तीयकरणदेखि चुकेका थिए। यसलाई समाधान गर्नको लागि सरकारले गुरू दक्षिणा नामक एकपटकको वित्तीय सहायता योजना शुरू गरेको छ।
मुख्यमन्त्रीले भने, `यो प्याकेजले यस्ता शिक्षकहरू (प्रान्तीयकरणदेखि वञ्चित)-लाई वित्तीय सहायता प्रदान गर्नेछ अनि उनीहरूको लागि अवसर सृजना गर्नेछ। यस अतिरिक्त उनीहरूलाई भविष्यको भर्तीमा प्राथमिकता अंक पनि प्राप्त हुनेछ।'
डा. सरमाले शिक्षकहरूलाई यो पनि आग्रह गरे, उनीहरूले यस मुद्दालाई राजनीतिकरण नगरुन् साथै आफ्नो पेशागत जिम्मेवारीमाथि ध्यान केन्द्रित गरून्। शिक्षकहरूले समाजलाई आकार दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। उनीहरू राजनीतिक गतिविधिमा सामेल हुनु हुँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा