बालुरघाट जिल्ला अस्पताललाई लगातार चौथो पटक ‘कायाकल्प’ मा पहिलो स्थान
बालुरघाट जिल्ला अस्पताललाई लगातार चौथो पटक ‘कायाकल्प’ मा पहिलो स्थान


दक्षिण दिनाजपुर, 18 फरवरी (हि. स.)। एकातिर चिकित्सकहरूको अभाव र रोगीहरूलाई रेफर गर्ने प्रवृत्तिलाइ लिएर सिकायत त अर्कोतिर सेवा गुणस्तरको आधारमा ठूलो उपलब्धि। सबै चुनौतीहरूलाई चिर्दै बालुरघाट जिल्ला अस्पतालले केन्द्र सरकारको ‘कायाकल्प अवार्ड 2026’ योजनामा राज्यमा लगातार चौथो पटक पहिलो स्थान हासिल गरेको छ। अस्पताललाई 96 प्रतिशत अंक प्राप्त भएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य प्रणाली संसाधन केन्द्र (एनएचएसआरसी)-ले हरेक वर्ष अस्पतालहरूको मूल्यांकन स्वच्छता, संक्रमण नियन्त्रण, बायोमेडिकल फोहोर प्रबन्धन, मातृ एवं शिशु मृत्यु दरमा कमी सहित मोठ आठ वटा मानदण्डहरूमाथि गर्दछ।

वर्ष 2025-26 को सूचीमा बालुरघाट जिल्ला अस्पताललाई प्रथम स्थान प्राप्त भएको छ भने सिलगढ़ी जिल्ला अस्पताललाई पाँचौं स्थान प्राप्तभएको छ। कोलकाता र अन्य ठूला शहरहरूका अस्पतालहरूलाई पछार्दै यस सीमावर्ती जिल्लाको सफलताले स्वास्थ्य जगतको ध्यान आकर्षित गरेको छ। तथापि लगातार चार पटक प्रथम आए पनि अस्पताल प्रशासनको मनमा केही गुनासो रहिरहेको छ। यसको प्रमुख कारण के हो भने पछिल्लो वर्ष सिउड़ी अस्पतालसितै संयुक्त रूपमा प्रथम स्थान हासिल गरे पनि 25 लाख रुपियाँको पुरस्कार राशि अहिलेसम्म प्राप्त भएको छैन। तथापि यस वर्ष 50 लाख रुपियाँको नयाँ राशि स्वीकृत हुनाले अस्पतालको बुनियादी ढाँजा तथा रोगी सेवाहरूको विकासमा यसलाई प्रयोग गरिनेछ।

अस्पतालका अधीक्षक कृष्णेन्दु विकास बागले भने, केही अभाव तथा सीमाहरू भए पनि हामीले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेका छौं। यो सम्मानले हाम्रो दायित्वलाई अझ बढ़ाइदिएको छ।

यता स्थानीय निवासी अपूर्व साहाको भनाइ छ, अस्पतालविरूद्ध दुर्व्यवहार तथा रेफरको सिकायत भए पनि एक सीमावर्ती जिल्लाको लागि यो उपलब्धि ठूलो गर्वको कुरा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande