
नयाँ दिल्ली, 18 फ़रवरी (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी नारकोटिक्स टास्क फोर्सले अन्तर्राज्यीय ड्रग्स तस्करी गर्ने गिरोहको खुलासा गरेको छ। यस सम्बन्धमा पुलिसले पति-पत्नी सहित तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। यस अतिरिक्त पुलिस टीमले 1.504 किलो हेरोइन पनि जफत गरेको छ जसको अनुमानित मूल्य 7.5 कड़ोर रुपियाँ रहेको बताइएको छ। जाँंचमा थाहा लागेको छ, आरोपीहरूले परिवारसित यात्रा गरेको नाटक गर्दै अबेर राती कार मार्फत हेरोइन सप्लाई गर्थ्यो ताकि कसैलाई शंका नलागोस्।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त सञ्जीव यादवले बुधवार बताए, क्राइम ब्राञ्चलाई सूचना प्राप्त भएको थियो कि बरेलीदेखि हेरोइन ल्याएर लोनी, गाजियाबाद र दिल्लीका विभिन्न क्षेत्रहरूमा सप्लाई गरिँदैछ। जाँचमा थाहा लाग्यो, वेगनआर कारमा सवार भई आरोपीहरू राती दिल्लीमा प्रवेश गर्छन्।
पुलिस उपायुक्तले अझ बताए, पुलिस टीमले भोपुर बोर्डरमा धराप थापेर गाजियाबाद तर्फबाट आइरहेको संदिग्ध कारलाई रोकेर जाँच गऱ्यो। कारमा आरिफ खान र उसकी पत्नी शिखा अली बसेका थिए। जाँच गर्दा उनीहरूबाट 303 ग्राम हेरोइन भेटियो। जबकि पछाड़ि राखिएको ब्यागबाट 1007 ग्राम हेरोइन जपत गरियो। यस मामिलामा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरियो। जाँचबुझमा आरिफले बतायो, उसले बरेलीको एकजना ठूलो सप्लायरबाट हेरोइन ल्याएर दिल्ली-एनसीआरमा सप्लाई गर्दै आएको थियो। उसले भलस्वा डेयरी निवासी जुम्मनलाई पनि हेरोइन दिएको कुरा स्वीकार गऱ्यो। त्यसपछि पुलिसले जुम्मनलाई उसको घरबाटै पक्राउ गऱ्यो साथै उसको घरबाट 194 ग्राम हेरोइन जफत गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा