मेदिनीपुरः खेतको खाल्डोमा परेको हात्तीको शावकलाई वन विभागले बचायो
मेदिनीपुरः खेतको खाल्डोमा परेको हात्तीको शावकलाई वन विभागले बचायो


पश्चिम मेदिनीपुर, 18 फरवरी (हि.स.)। जिल्लाको मेदिनीपुर सदर ब्लक अन्तर्गत पिराकाटा रेञ्जको रञ्जा बीट क्षेत्रमा बुधवार सबेरै एक रोमाञ्चक तथा संवेदनशील बचाउ अभियान देख्न पाइयो। मुसना गाउँको छेउमा खेतको बीचमा अवस्थित एउटा खाल्डोमा हात्तीको शावक पस्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो।

प्राप्त जानकारी अनुसार गए मंगलवार अबेर राती लगभग एक बजे शावक आफ्नी आमासित खेतको बाटो भएर गुज्रिरहेको थियो। अँध्यारो अधिक भएको कारणले शावक खेतको खाल्डोमा पस्यो। खाल्डोमा पसेको देखेर आमा हात्तीले शावकलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरी। हात्तीको चर्को आवाज सुनेर वरपरका ग्रामीणहरूमा भय फैलियो। मानिसहरूले तत्कालै वन विभागलाई सूचना दिए।

सूचना पाउनसाथ पिराकाटा रेञ्ज र रञ्जा बीटका वन कर्मीहरू घटनास्थलमा पुगे। तथापि आमा हात्ती खाल्डोको नजिकै उभिरही जसबाट शुरूआती चरणमा बचाउ कार्य गर्नु जोखिमपूर्ण भयो। वनकर्मीहरूले सतर्कता अप्नाउँदै पहिला आमा हात्तीलाई सुरक्षित दूरत्वमा पुऱ्याएपछि डोरी अनि अस्थायी ढलानको सहयोगमा बचाउ अभियान शुरू गरियो।

लगभग चार घण्टासम्म चलेको अभियानपछि बुधवार बिहान लगभग 5 बजे वन विभाग तथा स्थानीय ग्रामीणहरूको संयुक्त प्रयासले शावकलाई सुरक्षित बाहिर निकालियो। प्राथमिक जाँचपछि त्यसलाई त्यसकी आमासितै सुरक्षित रूपमा पठाइयो।

घटनापछि वन विभागले ग्रामीणहरूसित अपील गरेको छ, खेतहरूमा रहेको खुल्ला खाल्डो वा कुवालाई ढाक्ने व्यवस्था गरियोस् ताकि भविष्यमा यस किसिमको घटनाले वन्यजीव तथा मानिसहरूलाई ज्यानको खतरा नहोस्। क्षेत्रमा हात्तीहरूको ओहोर-दोहोरलाई मध्यनजर गर्दै वन विभागले निगरानी बढ़ाउने कुरा पनि गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande