पुलिसको वर्दीमा आएका उपद्रवीहरूले 10 लाखको ज्वेलरी लुटेर घर मालिकलाई बन्धक बनाए
पुलिसको वर्दीमा आएका उपद्रवीहरूले 10 लाखको ज्वेलरी लुटेर घर मालिकलाई बन्धक बनाए


सिवान, 18 फरवरी (हि.स.)। जिल्लाको गुठनी थाना अन्तर्गत धनौती चट्टीमा गए मंगलवार राती लगभग साढ़े बाह्र बजे पुलिस वर्दीमा आएका अपराधीहरूले घर मालिकलाई बन्धक बनाएर स्वर्ण आभूषणको दोकानको ताला भत्काएर लगभग 10 लाख रुपियाँको आभूषण लुटेर भागे।

घटनाको सम्बन्धमा बताइएको छ, मरैवाको जतौर निवासी धर्मेन्द्र वर्माको गुठनी थानाको धनौटी चट्टीस्थित कृष्म चौधरीको घरमा आभूषणको दोकान छ। गए मंगलवार राती लगभग आधा दर्जन अपराधीहरू पुलिसको वर्दीमा आए अनि धर्मेन्द्रको गहना दोकानको शटर भत्काए। चोरीको घटना त्यसबेला लुटमा परिणत भयो जतिबेला आवाज सुनेर घर मालिक ब्युँझिए अनि घर बाहिर बाहिर निक्लिए। अपराधीहरूले तिनलाई हतियारको आड़मा बन्धक बनाए। लगभग एक घण्टासम्म लुटपाट गरेपछि अपराधीहरू आरामले गए।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुगेर जाँचमा जुट्यो। पुलिसद्वारा घटनास्थललाई सील गरी जाँचको लागि एफएसएल टीमलाई बोलाइएको छ। दोकानदारले हाल चोरी भएका गहनाहरूको डिटेल्स दिएको छैन। दोकानदार अनुसार लगभग 10 लाख रुपियाँको गहना अपराधीहरूले लुटेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande