
नयाँ दिल्ली, 18 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार इन्डिया एआई इम्प्याक्ट शिखर सम्मेलनका अवसरमा स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग द्विपक्षीय वार्ता गरे। उक्त भेटवार्तामा दुवै नेताले भारत र स्पेनबीचको सहकार्यलाई अझ सुदृढ़ र प्रगाढ़ बनाउने विषयमा जोड दिए।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिँदै भने, शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सान्चेजसँग प्रधानमन्त्री मोदीले छुट्टै द्विपक्षीय भेट गर्नुभयो। भेटका क्रममा दुवै देशबीचको सहकार्यलाई अझ गहिरो बनाउन विभिन्न विषयमा विस्तृत छलफल भयो।
बैठकमा व्यापार, अर्थतन्त्र, नवप्रवर्तन, स्वास्थ्य, जलवायु परिवर्तन कार्यान्वयन तथा शिक्षा लगायतका विषयमा व्यापक छलफल भएको जनाइएको छ। यसपछि प्रधानमन्त्री मोदीले भारत-युरोपेली संघबीचको सम्बन्धलाई मजबुत बनाउन निरन्तर सहयोग गरेकोमा राष्ट्रपति सान्चेजको प्रशंसा गरे।
उल्लेखनीय छ, राष्ट्रपति सान्चेज कृत्रिम बुद्धिमत्तासम्बन्धी विश्वको चौथो शिखर सम्मेलनमा सहभागी हुन आज बिहान भारत आइपुगेका छन्। यस अवसरमा केन्द्रिय मन्त्री जयन्त चौधरीले विमानस्थलमा उनको स्वागत गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी