
नयाँ दिल्ली, १८ फरवरी (हि.स.)। विदेशमन्त्री डा. एस. जयशंकरले बुधबार डा. खलीलुर रहमानलाई बंगलादेशकाे विदेशमन्त्रीकाे रूपमा शपथ ग्रहण गरेकाेमा बधाई दिएका छन्। जयशंकरले पारस्परिक प्रगति र समृद्धिको लागि द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्न सँगै काम गर्न तत्पर रहेको बताए। उनले भारत र बंगलादेश बीचको परम्परागत रूपमा घनिष्ठ सम्बन्धलाई अगाडि बढाउने भारतको प्रतिबद्धता पनि दोहोर्याए।
उल्लेखनीय छ, बंगलादेशमा हालै सम्पन्न संसदीय चुनाउमा विजय हासिल गरेपछि बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का नेता तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिए। यस अवसरमा उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी